टेन्डर बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

टेन्डर बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/११/२८)

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केयर नेपालसँगको साझेदारीमा संचालन भईरहेको संरक्षण परियोजना अन्तर्गत  सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १८ विसनपुरस्थित अमृतपान कृषि सहकारी संस्थामा दुध संकलन केन्द्र स्थापना गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक डेरी सम्बन्धि सामग्रीहरु आपूर्ति गर्न सक्ने योग्य तथा इच्छुक आपूर्तिकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले ७ औ दिन (२०८२-चैत महिनाको ४ गते बुधबारका दिन ५ बजे भित्र तपसिलको शर्त बमोजिम आपूर्तिकर्ताहरुको लेटर प्याडमा दरभाउ तथा सर्तनामाहरु खुलाई कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com  मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो  सूचना प्रकाशन गरिएको छ ।

क्र.सं.सामग्रीको नामविवरण / स्पेसिफिकेशनपरिमाणकैफियत
1 दूध चिलिङ भ्याट (Bulk Milk Cooler)५०० लिटर क्षमता, SS 304, सिंगल फेज1
2इलेक्ट्रोनिक दूध तौल मेसिन३०० के.जी. क्षमता1
3दूध क्यान (SS 304)2० लिटर क्षमता, Ca supplement20
4दूध परीक्षण किटफ्याट र एसएनएफ परीक्षण सेट1
5जेनरेटर सेट५ के.भी.ए., डिजेल1
6स्टेबलाइजर / भोल्टेज कन्ट्रोल५ के.भी.ए.1
7पानी ट्यांकी१००० लिटर1
8दूध फिल्टर कपडा / फिल्टर यूनिटफूड ग्रेड4
9अटोमेटिक मिल्क एनालाइजरफ्याट, SNF, डेनसिटी मापन1
10दूध रिसेप्शन ट्यांकी३०० लिटर SS1
11डीप फ्रिजर३०० लिटर1

१. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८१०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हु/नु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

२.  बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (लहान नगरपालिका-१८ स्थित अमृतपान कृषि सहकारी संस्थासम्म ढुवानी गरि जडान समेतको) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

३.  म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । 

४. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ । 

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना : 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, 

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा – (लहान NCELL center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र) 

फोन न. ३३–५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 12 Mar, 2026
Apply Before 18 Mar, 2026
City Lahan