MEAL Officer / Field Supervisor
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित)
मिति २०८२ फाल्गुण, १९ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले जलवायुमैत्री गाउँ नेपाल परियोजना -Climate Smart Village Nepal Project ) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको जलवायुमैत्री जीविकोपार्जनमा टेवा साथै खाद्यसुरक्षा एवं पोषणमा पहँच पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहा एवं सम्बन्धित पालिकाहरूमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा २८ फाल्गुण, २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
अनुगमन, मुल्यांकन,जवाफदेहिता तथा सिकाई अधिकृत (MEAL Officer) | १ (एक) | व्यवस्थापन, कृषि, वन विज्ञान, जन स्वास्थ्य वा पोषण वा मानविकि, समाजशास्त्र अन्य, विषयमा स्नातक वा सो सरह उतीर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएका |
|
फिल्ड सुपरभाइजर (Field Supervisor) | ४ (चार) | जे.टी. वा जे.टी.ए. उत्तीर्ण भई समुदाय परिचालनमा अगुवाई गरेको ३ वर्षको कार्यअनुभव भएको |
|
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मितिः २८ फाल्गुण, २०८२ सम्म
- छनौट विधीः लिखित र मौखिक
पदपूर्ति समिति
Overview
| Category | Agriculture, Technical, Social Science, Development Project |
| Openings | 5 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 03 Mar, 2026 |
| Apply Before | 12 Mar, 2026 |
| City | Kathmandu |