तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना: Peer Educator -Training
Details / requirements:
साथि सहजकर्ताहरूलाई रुपान्तरण जिवन उपयोगी सिप र आत्मा-रक्षा सम्बन्धि १० दिने तालिम र शैक्षणिक सिकाई समाग्री सम्बन्धि ३ दिने तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)
चन्द्रपुर-४, रौतहट
(RFQ No. RRPK-WVIN-2025-007)
प्रथम पटक सूचना प्रकाशन गरिएको मिति: २०८२।०७।१७ गते ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको साझेदारीमा रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना अन्तर्गत यस संस्थालाई रौतहटमा तपशिल अनुसारको तालिम सञ्चालन गर्नुपर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति ले प्रथम पटक सूचना प्रकाशन गरिएको मिति २०८२।०७।२३ गतेको साँझ ४:०० बजे भित्र कार्यालयमा स्व्यं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा procurement.sikai@rrpk.org.np मार्फत पेश गर्न आह्वान गर्दछौँ ।
तपशिल
- साथि सहजकर्ताहरूलाई जिवन उपयोगी सिप र आत्मा रक्षा सम्बन्धि १० दिने तालिम: संख्या १ वटा (पेश गर्ने अन्तिम मिति: २०८२।०७।२३ गते सम्म ।)
- शैक्षणिक सिकाई समागी्र सम्बन्धि ३ दिने तालिम: संख्या १ वटा (पेश गर्ने अन्तिम मिति: २०८२।०७।१९ गते सम्म ।)
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं., CV र अनुभव सम्बन्धी कागजातहरू ।
४. आर्थिक तथा प्राविधिक प्रस्तावाना तर Financial Proposal संस्थाले उपलब्ध गराएको format मा e-mail मा बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।
४. आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
७. यो सूचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ
८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
९. यस शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
नोट: आवश्यक पर्ने फारम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
Links
- TOR for TLM to Project staffs
- Financial proposal of TLM Training
- TOR for training on Rupantaran Peer Facilitators Rautahat Final AK
- Financial proposal of Rupantran
- Bid Documents
शिल गरिएको प्रस्तावना तल दिएको ठेगानामा बुझाउनु पर्ने छ ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)
ठेगाना: चन्द्रपुर-४ , रौतहट, तराई इन होटेलको पछाडी
फोन नं.९८०१९७१७६३
Overview
| Category | Educational Training, Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 2 |
| Position Type | Contract |
| Posted Date | 03 Nov, 2025 |
| Apply Before | 09 Nov, 2025 |
| City | Rautahat |