शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०।०८।२०

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. HPIN/SIDS/FY-24/SB-03

हेफर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल, सिन्धुलीको सहजीकरणमा संचालित मिल्की-वे: दुग्ध श्रेत्र रुपान्तरण परियोजनाको लागि चाफ कटर (Chaff-Cutter) खरिद गर्नुपर्ने भएकाले योग्य फर्म वा संस्थालाई यो शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

शिलबन्दी दरभाउपत्रको विवरण

दरभाउ पत्र नं

वस्तु रसामग्रिको नाम

परिमाण

जमानत रकम 

(रु)

शिलवन्दि दरभाउपत्र फारम दस्तुर

शिलवन्दि दरभाउपत्र मान्य हुने अवधि

शिलबन्दी दर भाउँपत्र खरिद गर्ने अन्तिम मिति र समय

दर्ता गर्ने अन्तिम मिति र समय

शिलवन्दि दरभाउ पत्र खोल्ने मिति र समय 

HPIN/SIDS/FY-24/SBD-03

चाफ कटर

(आपूर्ति, ढुवानी र अन्य दायित्व सहित)

१५० वटा

१,२०,०००।

१,०००

शिलबन्दि दरभाउपत्रको मान्य अवधि ४५ दिन हुने छ ।

२०८०।०८।२६ गते कार्यालय समय भित्र

२०८०।०८।२७  गते दिनको १२.०० बजे सम्म

२०८०।०८।२७ गते दिनको २:००  बजे

  • शिलबन्दी दरभाउपत्र पेश गर्न इच्छुक र योग्य दरभाउपत्रदाताहरुले शिलबन्दी दरभाउपत्र पत्र पेश गर्न  सक्नेछन् । 
  • योग्य दरभाउपत्रदाताले मिति २०८०।०८।२० गते सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८०।०८।२६ गतेको दिन कार्यालय समय भित्रमा रु.१,००० रुपैँया (फिर्ता नहुने) दस्तुर तिरी फर्म दर्ता प्रमाणपत्रको प्रतिलीपि सहित लिखित निवेदन सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा पेश गरी शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ । वा इमेल माफर्त लिखित निवेदन, फर्म दर्ता प्रमाणपत्र  र सिदार्थ बँैक लिमिटेड, सिन्धुली शाखामा रहेको यस संस्थाको नाममा रहेको चल्ति खाता नं  ५५५०१६५८७०२ मा दस्तुर बापतको रकम जम्मा गरेको भौचरको स्क्यान कपी पेश गरेर शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात प्राप्त गर्न सकिनेछ । 
  • शिलबन्दी दरभाउपत्र सम्बन्धि पूर्व बैठक (Pre-Bid Meeting) २०८०।०८।२४ गतेका दिन दिउँसो १२ बजे बसिनेछ।
  • शिलबन्दी दरभाउपत्रको सूचना प्रकाशन भएको मितिबाट ८ औ दिन अर्थात २०८०।०८।२७ गते दिनको १२:०० बजे भित्र सिडस, सिन्धुलीमा पेश गर्नुपर्नेछ । उल्लेखित समयभन्दा ढिलो गरी प्राप्त भएका दरभाउपत्र अस्वीकृत गरिनेछ ।
  • प्राप्त भएका शिलबन्दी दरभाउपत्रहरु २०८०।०८।२७ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ता वा नीजका आधिकारिक प्रतिनिधिहरुको रोहबरमा सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा खोलिनेछ ।
  • दरभाउपत्र मान्य अवधि दरभाउपत्र खोलिएको दिन देखि गणना हुने गरी कम्तिमा ४५ दिन हुनुपर्नेछ ।
  • दरभाउपत्रको साथ माथिको तालिकामा उल्लेख भए अनुसारको बोलपत्र जमानत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र बोलपत्र जमानत मान्य अवधि दरभाउँपत्र खोलेको मितिले कम्तिामा ७५ दिनको हुनुर्नेछ । दरभाउपत्रदाताले जमानत बापत नगदै राख्न चाहेमा सिदार्थ बँैक लिमिटेड, सिन्धुली शाखामा यस संस्थाको नाममा रहेको चल्ति खाता नं  ५५५०१६५८७०२ मा त्यस्तो रकम जम्मा गर्न सकिनेछ र रकम जम्मा गरेको सक्कल भौचर सिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
  • शिलबन्दी दरभाउँपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसपछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।
  • यस संस्थाले कुनै पनि शिलबन्दी दरभाउपत्रदाताको बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न, र बोलपत्र प्रक्रिया रद्ध गर्न सक्नेछ ।

थप जानकारीको लागि

सिडस नेपाल, सिन्धुलीको मुख्य कार्यालय

कमलामाई न.पा ६ सिन्धुली

फोन नं. ०४७-५२००३६/९८४४०४५६२०/९८६१९२२१८०

इमेल: sids2051milkywayprocurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Dec, 2023
Apply Before 13 Dec, 2023
City Sindhuli