सुची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सुची दर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०३/२४
यस सिन्धुली एकिकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीद्धारा संचालीत विभिन्न परियोजनाका लागी यस संस्थालाई आ.ब. २०८२/८३ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजिएको हुदाँ सिन्धुली एकिकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुलीले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre–qualification) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८२/०४/०६ गते (२२ जुलाई, २०२५) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
क. आपूर्ति गर्नुपर्ने बस्तु तथा सेवाहरु:
१. साईलेज र पशुका लागी सन्तुलित दाना
२. उन्नत जातका घाँसका विउ तथा बेर्ना
३. कार्यालय मसलन्द, स्टेशनरि तथा खेलकुदका सामाग्रीहरु आपुर्ती गर्ने कार्यहरु
४. कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि कार्य
५. भेट सप्लायर्स
६. सवारी, यातायात तथा ढुवानी सेवा (बस, स्कारपियो, बोलेरो, ट्रक, मिनी ट्रक, पिकअपभ्यान, ट्रयाटर, अटो रिक्सा आदि) भाडामा लिने सम्बन्धि कार्य
७.छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब र फलेक्स ब्यानर, स्किन प्रिन्ट) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
८. काष्ट तथा स्टील फर्निचर (दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपड) आदि सामानहरु आपूर्ति गर्ने कार्य
९. हार्डवेयर (निर्माण सामाग्रीहरु र सिंचाईका सामाग्री) आपूर्ति सम्बन्धि कार्य
१०. माटो, इट्टा, बालुवा, ढुङ्गगा र गिटी आदि आपुर्ति गर्ने कार्य
११. इन्सुरेंस कम्पनी
१२. दुग्ध क्षेत्रका लागी आवश्यक औजारहरु जस्तै Milking Machine, VAT chilling, Milk Analyzer, आदि।
१३. भवन निमार्ण, मर्मत तथा रंगरोगन
१४. विज्ञापन रसुचना प्रकाशन सम्बन्धी सेवा
१५. उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक,व्युटिपार्लर,कुक) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक
१६. मेसिनरी औजार, कृषि औजार
१७. स्कूल पोषाक तथा ब्याग, कम्बल, त्रिपाल तथा किटनाशन झुल आपूर्ती गर्ने कार्य,
१८. तथ्यांक संकलन कर्ता तथा Casual Staff
१९. कार्यक्षेत्र भित्र रहेका विविध वित्तिय संघ संस्थाहरु
२०. भवन निर्माण, खानेपानी साथै सिँचाई कुलो निर्माणको लागि निर्माण व्यवसायीहरु
२१. प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु तथा विपद् न्यूनिकरण सामाग्रीहरु
२२.सडक नाटक प्रदर्शनीको लागि योग्य समुह तथा संस्थाहरु
२३. खानेपानी तथा पाइप लाइन विस्तारका सामाग्रीहरु तथा फिटिङ्स सामाग्रीहरु आपूर्ती गर्ने कार्य,
२४. किराना सम्बन्धी सामाग्री हरु (चामल ,दाल,नुन,खाने तेल, चिनी,साबुन तथा अन्य सामग्रीहरु )
२५. मोटरसाइकल तथा गाडी मर्मत संभार तथा पाटपूर्जाहरु आपूर्ती गर्ने कार्य
२६. चुरी लहठी, श्रीङ्गार कस्मेटिक सौन्दर्य सम्बन्धी आपुर्ती कार्य
२७. भाडा वर्तन सम्वन्धि सामाग्रीहरु आपुर्ती गर्ने कार्य
ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):
तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि
ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)
परामर्श सेवाहरु–विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादक कर्ता तथा अनुसन्धान कर्ता र क्षमता अभिवृद्दि सम्बन्धि परामर्शदाता ।
घ. लेखा परिक्षण सम्बन्धी सेवा ।
ङ. बिपत जोखिम तालिम र सहजकर्ता,कृषी तालिम ,जेसी अडिट ,सोसल अडिट ,लेबर अडिट ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुईबर्ष सम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम निम्न उल्लेखित लिङ्क, कार्यालयको आधिकारीक इमेल ठेगाना वा कार्यालयमा सम्पर्क राखि पाउन सकिनेछ ।
लिंक:
https://drive.google.com/uc?export=download&id=1wbOpwDpdPvgC0_DPrgosGMMDx82sA9ID
आवेदन बुझाउने तरिका: रितपूर्वक भरिएको आवेदन फार्म र दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु मिति २०८२/०४/०६ (२२ जुलाई २०२५) भित्र कार्यालयको आधिकारीक इमेल ठेगाना वा कार्यलयमा सम्पर्क गरी कार्यलय समयमा दरखास्त पेश गर्न सकिनेछ ।
सम्पर्कका लागि:
सिन्धुली एकिकृत विकास सेवा (SIDS/Nepal) नेपाल,सिन्धुली
कमलामाई नगरपालिका–६ धुरा वजार, सिन्धुली
email: sidsnepal036@gmail.com
सम्पर्क नं.०४७–५२००३६
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 08 Jul, 2025 |
Apply Before | 22 Jul, 2025 |
City | Sindhuli |