शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना

SEEWAC/Nepal, Kailali

Details / requirements:

शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित: २०८२।१०।२३

दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक/नेपाल) र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रवाधिक सहयोगमा द्घारा सचालित परियोजना अन्तर्गत सन् २०२६ का लागि आवश्यक तपशिलका सेवा तथा सामग्रीहरु आपुर्ती गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरीक तथा इजाजत प्राप्त स्थानिय तथा राष्ट्रिय कम्पनि/फर्म/आपुर्तिकर्ता वा संस्थाहरूबा रितपूर्वक गोप्य शिलबन्दी दरभाउ पत्र यस कार्यालयले तोकेको ढाँचा तथा फाराम बमोजिम प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र प्राप्त हुने गरी बुझाउन हुन सूचित गरिन्छ ।  

तपसिल:

१. शिक्षण सिकाई सहयोगी सामाग्रीहरू५. होटेलबास, तालीम हल, तथा खाना खाजा आदी

९. इलेक्ट्रिक सामाग्रीहरू – कम्प्युटर, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, हेडसेट, स्मार्ट बोर्ड तथा अन्य सामाग्रीहरू)

२. निर्माण सागाम्रीहरु – सिमेन्ट, रड, खानेपानी जडान सामाग्रीहरू, जस्तापाता, रङ रोगनका सामाग्रीहरू आदी)६.  विभिन्न छपाई, प्रिन्टिङ्क ब्यानर तथा होर्डिङ्ग बोर्ड र भिते लेखन सम्बन्धि कार्यहरू

१०. बिउ बिजन तथा कृषि उपकरण सम्बन्धि सामाग्रीहरू

३. फर्निचर, कार्पेट तथा कार्यालय ब्यबस्थापनका सामाग्रीहरू७. कार्टेज, टोनर रिफील, मर्मत

११. मेडिसिन तथा सर्जिकल सामाग्रीहरू ,  महिनावारी व्यवस्थान सरसफाई किट सामाग्रीहरू

४. कार्यालयलाई नियमित रुपमा आवश्यक पर्ने स्टेशनरी तथा तालिम सामाग्रीहरू र खेलकुदका सामाग्रीहरू८. कुरियर, ढुवानी तथा यातायात सेवा

१२. Consultant for Training on Computer Hardware and Networking technician (3 month CTEVT certificate) for Kailali District

शर्तहरू:

१) दरभाउ पत्र पेश गर्नेले अनिवार्य रुपमा निवेदनका साथ शिलबन्दी दरभाउ पत्र पेश गर्नु पर्ने छ साथै आधिकारिक सम्पर्क विवरण पेश गर्नु पर्नेछ ।

२) दरभाउपत्र पेश गर्न चाहेको फर्मले फर्म दर्ता, नविकरण, कर दर्ता तथा चुक्ता प्रमाणपत्र र स्थाई लेखा नं. आदिको प्रतिलिपी पेश गर्नु पर्ने छ ।  

३) मुल्य सुचिको प्रत्येक पानामा फर्मको छाप तथा जिम्मेवार व्यक्तिको हस्ताक्षर पेश गर्नु पर्नेछ । 

४) कालो सुचिमा नपरेको स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।  

५) दरभाउपत्र पेश गर्दा वस्तुको हकमा नाम, परिमाण, गुणस्तर, उत्पादन कम्पनी, ग्यारेन्टी, वारेन्टी आदी स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ।   

६) पेश गरीएको दरभाउ ३१ डिसेम्बर, २०२६ सम्म लागु हुने भएकाले बार्षिक परिमाणमा छुट हुन सक्ने भए सो खुलाउनु पर्नेछ ।

७) दरभाउ पेश गर्दा भ्याट सहितको मुल्य पेश गर्नुपर्ने छ । 

८) उपरोक्त बमोजिमको शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात ५ फाल्गुन २०८२ तदनुसार १७ फेब्रुअरी २०२६ साँझ ५:०० बजे भित्र TOR मा उल्लेखित कार्यालयमा पेश गर्न सकिनेछ । उक्त दिन सार्वजनिक बिदा पर्न गएमा भोली पल्ट कार्यालय समय भित्र पेश गर्न सकिनेछ । 

९) माथि उल्लेखित बस्तु तथा सेवाहरूको Specification दरभाउपत्रको आवेदन फाराम संस्थाको कार्यालयमा लिखित निबेदन पेश गरी अथवा कार्यालयको  ईमेल eoi.seewac@gmail.com मार्फत अनुरोध गरी प्राप्त गर्न सकिनेछ ।

नोट:

१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample)पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

२. सेवा प्रदायक कम्पनी , फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ

३. थप जानकारीका लागी सम्पर्क नं. ९८४८६४१४३८, ९८६०१२७४९२ मा सम्पर्क गर्न सकिनेछ ।

खरिद समिति

सेवक नेपाल कैलाली