बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
(पहिलो पटक प्रकाशित)
मितिः २०८३।०१।०२ बुधवार
राधाकृष्ण थारु जनसेवा केन्द्र , बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित सशक्त बालिका परियोजना ( Girls Standing Strong) अन्तर्गत बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका राजापुर नगरपालिका र गेरुवा गाँउपालिका गरि जम्मा ४ वटा पालिकाहरूका ८ वटा बिधालयहरूको सेवा क्षेत्र भित्र रहेका प्रत्याभूत तथा बिपन्न परिवारका बालबालिकाहरूको स्थायी रुपमा पढने बानिको बिकास, सिकाई उपलब्धि स्तरोन्नतीका उद्देश्य अनुरुप पढाई कुना स्थापनाका लागी आवश्यक पर्ने पढाई कुना सामग्री आपुर्ति गर्नुपर्ने भएकोले सम्पूर्ण सामाग्रीहरूको दररेट सहितको बोलपत्र आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्तपुरा गर्ने फर्मले यो सूचना प्रकाशित मितिले ७(सात) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । बोलपत्र आह्वानको नमुना फारम/विवरण, त्यस संस्थाबाट वा उपलब्ध गराइएको लिंकबाट download गरि लिन सकिने छ ।
पेशगर्नुपर्ने आवश्यक कागजातहरू:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. आ.व.२०८१/०८२ को करचुक्ता प्रमाण पत्र प्रतिलिपी
३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले प्रस्ताव गरेको जम्मामूल्यको हुनआउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र ( Bank Guarantee letter) संलग्न गर्नुपर्नेछ ।
५. प्रस्तावकले बोलपत्र Hard copy वा Currior मार्फत पेश गर्न सक्नेछ ।
६. प्रस्तावना आह्वानको फारम, शर्तहरु (ToR), RFQ बि.सं.२०८३।०१।०७ गते तदानुसार २० अप्रिल २०२६ सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछ ।
७. बोलपत्र पेश गर्ने अन्तिम मिति बि.सं.२०८३।०१।०८ गते तदानुसार २१ अप्रिल २०२६ सम्म कार्यालय समय (वेलुकी ५:०० वजे ) सम्म रहने छ साथै तथा प्राप्त बोलपत्र मिति बि.सं.२०८३।०१।०९ गते तदानुसार २२ अप्रिल २०२६ दिनको १:००वजे आपुर्तिकर्ताको प्रतिनिधिहरूको रोहवरमा (ऐच्छिक) खोलिने छ ।
८. बोलपत्र पेश गर्ने अन्तिम दिन वा बोलपत्र खोलिने दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट बोलपत्र लिने तथा खोलिने ब्यवस्था गरिने छ ।
९. बोलपत्रको बिस्तृत ToR अध्ययन गरेर मात्र शिलबन्दि दरभाउ पेश गर्न अनुरोध गरिन्छ ।
१०. बोलपत्रको ToR को प्रत्येक पानाको तलपट्टि हस्ताक्षर र फर्मको छाप लगाउनुपर्नेछ ।
११. बोलपत्रको ToR भित्र रहेको Request For Quotation फारममा दरभाउ उल्लेख गर्नुपर्ने छ ।
१२. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
Link:
ToR_Reading _Corner_RKJS_Final
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया
गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी मार्ग
सम्पर्क ब्यक्ति .– ९८४८०२५३६०
Email : rkjs.procurement@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 15 Apr, 2026 |
| Apply Before | 21 Apr, 2026 |
| City | Bardiya |