शिलबन्दी दरभाउ आह्वानको सुचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

9k=

Save the Children/KOICA को आर्थिक सहयोगमा जन जागरण यूवा क्लब, बारा (Jan Jagran Youth Club (JJYC)द्वारा मधेश प्रदेशको बारा जिल्लाको करैयामाई गा.पा.,देवताल गा.पा. र महागढीमाई ना.पा. मा संचालन भएको INSPIRE- Inclusive Nurturing System to Promote Digital Innovation,Job Readiness and Quality Basic Education परियोजना अन्तर्गतका Supplying and Installation of Precast Panel Works for Fencing With RCC Posts कार्य गर्नु पर्ने  भएकोले तपशिलमा उल्लेखित शर्त मिति, समय र स्थानमा समबन्धित सरोकारवाला, निर्माण कम्पनी, फर्म ले शिलबन्दी दरभाउ पेश गर्नका लागी यो सुचना अवाहन गरिएको छ । शिलबन्दी दरभाउ सम्बन्धि फारम जन जागरण युवा क्लब बाराको अफिसबाट प्राप्त गर्न सकिन्छ ।

शर्त तथा बन्देजहरू:

  • शिलबन्दी दरभाउ पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मु. अ. क. को प्रमाण पत्र, आ. व. २०८०/०८१ वा २०८१/०८२ को  को कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पुर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरू पेश गर्नु पर्ने छ ।
  • प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको दिनमा हुनेछ तथा म्याद नाघि आएका शिलबन्दी दरभाउ स्वत रद्द हुनेछ ।
  • शिलबन्दी दरभाउ पेश गर्दा जिल्ला दररेट भन्दा बढी हुन गएमा पेश गरिएको शिलबन्दी दरभाउ प्रस्तावना स्वतः रद्द हुनेछ ।
  • कुनै पनि कारण जनाई वा नजनाई प्राप्त शिलबन्दी दरभाउ स्वीकृत  गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ । 
  • यस शिलबन्दी दरभाउ सम्बन्धि कार्यमा कुनै पनि किसमिले प्रभाव पार्ने कार्य गर्ने आपुर्तिकर्ताको शिलबन्दी दरभाउ रद्द गरिनेछ ।  

शिलबन्दी दरभाउ सम्बन्धि कागजात रितपुर्वक भरि प्रत्येक पानामा सहि छाप तथा लाह छाप लगाई हार्ड कपि यस संस्थाको कार्यालय कलैया उप महानगरपालिका– १, राजदेवी टोल कलैया बारामा मिति २ नोभेम्बर २०२५ (२०८२/०८/०९) गते बेलुका ४ बजे भित्र बुझाउन हुन अनुरोध छ ।

Links:

Boundary wall Technical 

Boundary wall financial

जन जागरण यूवा क्लब (JJYC)बारा

कलैया उपमहानगपालिका – १, राजदेवी टोल, कलैया, बारा

recruitmentjjycbara@gmail.com