शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Jan Chetna Abhiyan Nepal

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०८/०२)

JAN CHETNA ABHIYAN NEPAL (JCAN), SAPTARI ले CARE NEPAL सँगको साझेदारीमा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनि न.पा., कंचनरुप न.पा. र तिरुहुत गा.पा हरूसँगको सहकार्यमा, पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण परियोजना (POSHAN PROJECT) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका खाद्य तथा पुरक पोषण र सरसफाई सामग्रीहरू, वीउ विजन र कृषि सामग्रीहरू किसान कार्ड प्रणाली र भौचर प्रणाली मार्फत खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धीत फर्मको लेटर प्यडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना procurementdepartment.jcanepal@gmail.com मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरणः सामग्रीहररू विवरणको लागि Link मा जानुहोस् ।

नोट–माथिका सिफारीस गरिएको जातको अलावा स्थानीय उपयुक्त जात समेत हुन सक्नेछन् ।

इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल procurementdepartment.jcanepal@gmail.com मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र प्राप्त गर्न सक्ने छ । यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय खुलेको समयमा यस संस्थाको कार्यालयमा र इमेल मार्फत दरभाउ उल्लेखित गरी पेश गर्न सकिने छ ।

पेश गरिएका बोलपत्रहरू मिति २०८२ साल मंसिर ९ गते १ बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

फाराम बुझाउने अन्तिम मिति २०८२/०८/८ गते दिउँसो ४:०० बजेसम्म हुनेछ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

जन चेतना अभियान नेपाल, सप्तरी

हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ७, सप्तरी

फोन न.: ०३१-५९००४८