शिलबन्दी दरभाउ आह्वानको सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:



2Q==

जन जागरण युवा क्लब, बारा

शिलबन्दी दरभाउ आह्वानको सूचना

कलैया उप महानगरपकलिका – १, बारा

प्रथम पटक प्रकाशित मिति २०८२/०७/३० (१६ नोभेम्बर २०२५)

Save the Children/KOICA को आर्थिक सहयोगमा जन जागरण यूवा क्लब, बारा (Jan Jagran Youth Club (JJYC) द्वारा मधेश प्रदेशको बारा जिल्लाको करैयामाई गा.पा., देवताल गा.पा. र महागढीमाई ना.पा. मा संचालन भएको INSPIRE- Inclusive Nurturing System to Promote Digital Innovation,Job Readiness and Quality Basic Education परियोजना अन्तर्गतका Supply of Furniture and Sitting Arrangement Materials कार्य गर्नु पर्ने आवश्यक भएकोले तपशिलमा उल्लेखित सर्त मिति, समय र स्थानमा समबन्धित सरोकारवाला, फर्निचर उद्योग, फर्म ले शिलबन्दी दरभाउ पेश गर्नका लागी यो सुचना आह्वान गरिएको छ । शिलबन्दी दरभाउ सम्बन्धि फारम तलका लिङ्कहरू बाट डाउनलोड गर्न सकिनेछ अथवा जन जागरण युवा क्लब बाराको अफिसबाट पनि प्राप्त गर्न सकिन्छ ।

Technical proposal of Furniture

Financial Proposal of Furniture

शर्त तथा बन्देजहरू:

  • शिलबन्दी दरभाउ पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मु. अ. क. को प्रमाण पत्र, आ. व. २०८०/०८१ वा २०८१/०८२ को  को कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पुर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरू पेश गर्नु पर्ने छ ।
  • प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा बिदा पछि कार्यालय खुलेको दिनमा हुनेछ तथा म्याद नाघि आएका शिलबन्दी दरभाउ स्वत रद्द हुनेछ ।
  • शिलबन्दी दरभाउ पेश गर्दा जिल्ला दररेट भन्दा बढी हुन गएमा पेश गरिएको शिलबन्दी दरभाउ प्रस्तावना स्वतः रद्द हुनेछ ।
  • कुनै पनि कारण जनाई वा नजनाई प्राप्त शिलबन्दी दरभाउ स्वीकृत  गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ । 
  • यस शिलबन्दी दरभाउ सम्बन्धि कार्यमा कुनै पनि किसमिले प्रभाव पार्ने कार्य गर्ने आपुर्तिकर्ताको शिलबन्दी दरभाउ रद्द गरिनेछ ।  

शिलबन्दी दरभाउ सम्बन्धि कागजात रितपुर्वक भरि अनिवार्य रूपमा प्रत्येक पानामा सहि छाप तथा कम्तिमा ३ थान लाह छाप लगाई हार्ड कपि यस संस्थाको कार्यालय कलैया उप महानगरपालिका–१, राजदेवी टोल कलैया बारामा मिति २२ नोभेम्बर २०२५ (२०८२/०८/०६) गते बेलुका ४ बजे भित्र बुझाउन हुन अनुरोध छ ।

जन जागरण यूवा क्लब (JJYC) बारा

कलैया उपमहानगपालिका – १, राजदेवी टोल, कलैया, बारा

recruitmentjjycbara@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 17 Nov, 2025
Apply Before 22 Nov, 2025
City Bara