शिलबन्दी दरभाउ आह्वानको सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण यूवा क्लब (JJYC) बारा

कलैया उपमहानगरपालिका - १, बारा

शिलबन्दी दरभाउ आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०५/२६

जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA) र सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जन जागरण यूवा क्लब बाराको सहजीकरणमा सञ्चालित INSPIRE- Inclusive Nurturing System to Promote digital Innovation, job Readiness, and quality basic Education परियोजना मधेश प्रदेशको बारा जिल्लाका महागढीमाई न.पा., देवताल गा.पा. र करैयामाई गाउँपालिकामा सञ्चालन गर्दैछ । उक्त परियोजनामा अन्तर्गत Supply of computer Table and Chair for school, Supply of Self-Learning Kits for Home Schooling, Supply of Stationary Support for Children as Remedial Support to school को लागि शिलबन्दी दरभाउ आह्वान गरिएको छ ।

  • ईच्छुक Venders/company/firm संस्थाहरूले ईमेल/फोन मा अनुरोध गरी आवश्यक थप जानकारी लिन सक्नु हुनेछ साथै शिलबन्दी दरभाउ सम्बन्धी फारम अनलाईन लिंक वा संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ ।
  • शिलबन्दी दरभाउ पेश गर्दा Venders/company/firm संस्थाहरूको आवश्यक कानुनी कागजातहरू संस्था दर्ता प्रमाण पत्र नविकरण सहित, प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.ब.२०८०/८१ वा ०८१/०८२ को कर चुक्ताको प्रमाणपत्रको साथमा पेश गर्नुपर्ने छ । 
  • भौतिक रुपमा शिलबन्दी दरभाउ पेश गर्दा अनिवार्य रुपमा खाममा राखी प्रत्येक पानामा सही छाप गरि, कम्तीमा ३ थान लाहाछाप लगाई, शिलबन्दी गरी खाम बाहिर अनिवार्य बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ तथा इमेल मार्फत शिलबन्दी दरभाउ पेश गर्दा फोल्डरमा अनिवार्य रुपले पासवर्ड राखेर पेश गर्नु पर्ने छ ।
  • शिलबन्दी दरभाउ पेश गर्ने अवधि ७ दिनको हुने छ र मिति २०८२/०६/१५ गते दिनको ५ बजे भित्र दर्ता गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलिपल्ट वा कार्यालय खुलेको दिनमा हुनेछ । रित नपुगेको र म्याद नाघि आएको शिलबन्दी दरभाउ उपर कुनै कारवाही हुने छैन ।
  • शिलबन्दी दरभाउ खोल्ने मिति २०८२/०६/२० गते दिउसो २:०० बजे संस्थाका प्रतिनिधीहरू र दरभाउदाता स्वय्म वा निजको अधिकारीक प्रतिनिधीको अनलाईन साथै भौतिक उपस्थितीमा यस संस्थाको कार्यालयमा शिलबन्दी दरभाउ खोलिनेछ । तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । 
  • शिलबन्दी दरभाउ तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
  • शिलबन्दी दरभाउको मुल्याङ्कनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ । 
  • ईच्छुक प्रशिक्षक तथा परामर्शदाता संस्थाहरूले शिलबन्दी दरभाउ यस संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC) कलैया बारामा हार्डकपि र ईमेलमार्फत बुझाउनु पर्नेछ । 
  • शिलबन्दी दरभाउ सम्बन्धमा केही जानकारी आवश्यक परेमा तपसिलमा उल्लेखित ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Links:

जन जागरण यूवा क्लब (JJYC) बारा

कलैया उपमहानगपालिका – १, राजदेवी टोल, कलैया, बारा

recruitmentjjycbara@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 25 Sep, 2025
Apply Before 01 Oct, 2025
City Bara