शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सुचना
Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.
Details / requirements:
शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सुचना ।
प्रथम पटक प्रकाशित मिति २०८२।११।२६
दिगो विकास समाज भजनी–१, कैलाली कैलाली जिल्लामा क्रियाशिल गैर नाफामुलक समुदायमा आधारित (सि.वि.ओ) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा दिगो जिविकोपार्जन, लैंगिक समाजिक समाबेशीकरण तथा बाल समृद्धिका क्षेत्रमा सहकार्य कार्य गर्दै आइरहेको छ । हाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना संचालन भैरहेको र आ.व. सन् २०२६ अन्तर्गत भजनी वार्ड नं. १, २, ३, ४, ५, ७ र ९ र टीकापुर नगरपालिका वार्ड नं. ६, ७, ८ र ९, कैलारी गा.पा. वाड नं.७, गौरीगंगा वार्ड नं. १० र ११, र घोडाघोडी नगरपालिका वार्ड नं. १, २, ३, ५, ६, ७, ८, १०, ११ र १२ मा कार्यक्षेत्र भएको सहकारी मार्फत बाढी बिमा कार्यक्रम संचालन तथा लागू गर्ने भएकाले सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र मिति २०८२।१२।०२ गते भित्र योग्य सहकारी संस्थाहरूबाट तपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिलबन्दी प्रस्तावना पत्र आह्वानका लागि यो सुचना प्रकाशन गरिएको छ ।
शिलबन्दी प्रस्तावना सम्बन्धि शर्तहरू :
१. सहकारी छनौटका आवश्यक न्युनतम कागजात तथा योग्यताहरू :
- आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- व्यावसाय दर्ता प्रमाण पत्र, प्यान तथा भ्याट प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- कालो सुचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरेको हुनुपर्ने ।
- संस्थाको विनियम तथा नीति निर्देशिकाको प्रतिलिपी पेश गर्नु पर्ने छ ।
- नेपाल सरकारको सहकारी ऐन बमोजिम सम्बन्धित निकायमा दर्ता भई नविकरण भएको साथै बचत तथा ऋणको कारोबार गर्न स्वीकृती पाएको हुनुपर्नेछ र उक्त प्रमाण पत्रहरूको प्रतिलिपी पेश गर्नुपर्ने छ ।
- परियोजनाको कार्य क्षेत्रमा सहकारी दर्ता भई बाढी बिमाको कार्य अनुभव भएको हुनुपर्ने ।
- सहकारी संस्थाको लेखापरीक्षण भएको हुनुपर्ने (पछिल्लो २ वर्षको लेखापरिक्षण प्रतिवेदन पेश गर्नुपर्ने ।)
- बाढी बिमा कार्यक्रम संचालन गर्नको लागि ईच्छुक सहकारी हुनु पर्ने ।
२. भर्नु पर्ने फारमहरू
- आशय पत्र (EOI)
- स्वघोषणा पत्र (Self DE Clearance)
- आचार संहिता (Code of Conduct)
- आबेदन फारम (Application Form)
३. प्रस्तावना पत्रमा खुलाउनुपर्ने न्यूनतम जानकारीहरू :
- सहकारीको नाम, स्थापना मिति, दर्ता. नं., पान नम्बर र पृष्ठभुमी सहितको छाटो जानकारी ।
- सहकारीको लक्ष्य तथा उद्देश्य र सहकारीको कार्य क्षेत्रहरूको विवरण ।
- संस्थाका कार्यसमितिको विवरण तथा साधारण सदस्यको सख्या (समावेशिकरण खाकामा )
- सहकारीको हाल सम्मको पुँजी, जम्मा बचत तथा लगानीको विवरण (लेखापरिक्षणको आधारमा) ।
- सहकारीको गत आ.व. २०८१/०८२ को वार्षिक आम्दानी तथा खर्चको विवरण (लेखापरिक्षणको आधारमा)
- सहकारीद्वारा हाल संचालन भईरहेका र सम्पन्न गरिएका कार्यक्रमहरूको विवरण ।
- बालबालिका तथा महिलाका लागि गरिएको क्रियाकलाहरूको विवरण ।
- प्रस्तावना पत्र नेपाली भाषामा निवेदन सहित पेश गर्नु पर्ने छ ।
४. शिलबन्दी प्रस्तावना पठाउने अन्तिम मिति र ठेगाना :
मितिः २०८२।१२।०२ गते दिउँसो ५ बजे सम्म दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
पुनश्च: शिलबन्दी प्रस्तावना पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
LINKS:
1. EOI
थप जानकारीका लागि
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं.: ०९१– ५८०२१४
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 Mar, 2026 |
| Apply Before | 16 Mar, 2026 |
| City | Kailali |