शिलबन्दी कोटेशन आह्वानको सूचना
Details / requirements:
राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK), मलगंवा, सर्लाही
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०५/०८ गते
प्लान इन्टरनेशनल नेपाल तथा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK) मलगंवा सर्लाहीको साझेदारीमा यस सर्लाही जिल्लामा आभा परियोजना यहाँका कौडेना, बसबरीया, चक्रघट्टा र धनकौल गाउँपालिकामा सञ्चालन गरिरहेकोले तोकिएको पालिकामा मुख्यतः लक्षित क्षेत्रका किशोरकिशोरीहरूको लागि यस परियोजना अन्तर्गत तल दिएका विभिन्न किसिमका वस्तु तथा समाग्री खरिद गर्नु पर्ने आवश्यकता भएको हुनाले सम्बन्धित ईच्छुक इजाजत प्राप्त दर्तावाला आपुर्तिकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ ।
क्र.त्र. | कोटेशन नं. | समाग्रीको विवरण | अनुमाणित परिमाण | बोलपत्र पेश गर्ने तरिका |
१ | RRPK/PLAN/RFQ/2025/01 to 05 | १) स्टेशनरी २) स्कुल ड्रेसको कपडा ३) स्कुल ब्याग ४) महिनावारी स्वच्छता व्यवस्थापन सामग्री ५) रिमेडियल कक्षा सहयोग सामग्री (As per RFQ) | कोटेशनमा दिएको अनुसार | संस्थामा हार्डकपि शिलबन्दी भएको हुनु पर्ने (स्टेशनरी, स्कुल ब्याग, स्कुल ड्रेसको कपडा समाग्रीहरूको अनिवार्य रूपले नमूना (Sample) कोटेशनको साथ (पछि फिर्ता हुने गरि) पेश गनुपर्ने हुन्छ । महिनावारी स्वच्छता व्यवस्थापन र रिमेडियल कक्षा सहयोग सामग्रीको कलर फोटो कोटेशन साथ पेश गनुपर्ने हुन्छ । |
नोट: माथि उल्लेखित तोकिएको सबै समाग्रीहरू राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र, मलंगवा, सर्लाही कार्यालय सम्म ढुवानी दिनुपर्ने हुन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ९ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ वा २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाको सम्पर्क कार्यालयमा मिति २०८२/०५/१६ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग सम्झौता गरी आवश्यकता अनुसार चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
७. कोटेशन (RFQ) साथमा संस्थाको Anti-Corruption/Bribes, Conflict of Interest and बाल सुरक्षानीति (Child Safeguarding Policy) सही छाप सहीत पठाउनु पर्नेछ।
नोट: कोटेशन र सम्बन्धित कागजातहरूको लागि तल दिएको Link file मार्फत वा संस्थामा गई हार्डकपि प्राप्त गर्न सकिन्छ ।
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:
कार्यालयको सम्पर्क ठेगाना |
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , मलंगवा, सर्लाही सम्पर्क नं. ०४६–५९०५५२ / ९८४५३८०७७४ |
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 24 Aug, 2025 |
Apply Before | 01 Sep, 2025 |
City | Malangwa, Sarlahi District |