शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०५/१६)

राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF Nepal) ले केयर नेपाल (CARE Nepal) सँगको साझेदारीमा मधेश प्रदेशमा सञ्चालन गरिरहेको "जलवायु मैत्री गाउँ  मधेश प्रदेश नेपाल" (Climate Smart Village Nepal - CSVN) परियोजना अन्तर्गत स्वच्छ भान्सा ऊर्जा (Clean Cooking Energy) प्रवर्द्धनका लागि सिराहा र सप्तरी जिल्लाका ६ वटा पालिकाहरूमा सुधारिएको माटोको चुलो (Improved Mud Cookstove) स्थापना गर्नुपर्ने भएको छ।

सो कार्यको लागि आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको वा कानूनबमोजिम स्थायी लेखा नम्बर (PAN) मा दर्ता भएका इच्छुक सेवा प्रदायक/संस्था/कम्पनीहरूबाट यो सूचना प्रकाशन भएको मितिले ६  दिनभित्र कार्यालय समयसम्म तपसिलका शर्तहरूको अधीनमा रही attached BOQ अनुसार दरभाउ तथा शर्तहरू उल्लेख गरी इमेल ठेगाना nfgfmadheshprovince2075@gmail.com वा कार्यलाय मा सम्पर्क गरि कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

उक्त सामग्री खरिद गर्ने: BOQ को आधारमा भर्नुपर्ने ।

. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान, बैंक खाता नं., सम्पर्क नं., इमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ। आपूर्तिकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको लेटरप्याडमा दरभाउ अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ।

. म्याद नाघी वा रीत नपुगी आएका कोटेशनहरू उपर कुनै कारबाही हुने छैन।

  • अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानूनबमोजिम हुनेछ। सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित रहेको छ।
  • यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

३ पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको ६ औं दिन ( मिति २०८३ साल भदौँ २१ गते आईताबारका दिन) दिउँसो २:०० बजे सम्म कोटेशन आवेदान  प्राप्त गर्ने र सोहि दिउँसो  ४:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

४ म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

Link:

BOQ_Mud_Stove_Matribhumi_NFGF.docx

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)

फोन न. ०३३–५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 01 Sep, 2026
Apply Before 06 Sep, 2026
City Siraha