शिलबन्दी बोलपत्र आव्हानको सूचना
Community Development and Environment Conservation Forum (CDECF) was established in 1998 AD with the aim of building equitable, just and empowered society through social transformation and mobilizing local resources and capacities.
Details / requirements:
सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च नेपाल, ईन्द्रावती ७, सिन्धुपाल्चोक
शिलबन्दी बोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित भएको मिति २०८३।०७।१०
सिलबन्दी बोल पत्रको सूचना न. SQ/KITCHEN ITEMS /CDECF/2083/084/01
भोटेकोशी बाढी पिडितहरुलाई राहत सहयोग कार्यक्रम
रिन्युएवल वल्र्डको आर्थिक सहयोग तथा सामुदायीक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल, सिन्धुपाल्चोकको सहजिकरणमा सञ्चालित भोटेकोशी बाढी पिडितहरुलाई राहत सहयोग कार्यक्रमको लागी आवश्यक तल उल्लेखित सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले योग्य फर्म वा संस्थालाई यो शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।
शिलबन्दी बोल पत्रको विवरण:
१. शिलबन्दी बोलपत्र पेश गर्न ईच्छुक र योग्य बोलपत्रदाताहरुले थप जानकारीको लागि संस्थाको, मुख्य कार्यालय इन्द्रावती गाउपालिका ७, सिन्धुपाल्चोकमा वा procurementcdecfnepal@gmail.com मा सम्पर्क राख्न सक्नेछन् ।
२. योग्य बोलपत्रदाताले मिति २०८३।०७।१० गते सूचना प्रकाशन भएको मितिले ११ दिन अर्थात २०८३।०७।२० गते बेलुका ४ बजे भित्रमा रु. १,०००।– (अक्षरुपी: एक हजार रुपैंया मात्र ) (फिर्ता नहुने) दस्तुर तिरी वा तल उल्लेखित बैंक खातामा जम्मा गरि सोको सक्कल प्रति र फर्म दर्ता प्रमाणपत्र सहित लिखित निवेदन संस्थाको मुख्य कार्यालय ईन्द्रावती गा.पा.–०७, सिन्धुपाल्चोक वा procurementcdecfnepal@gmail.com मा पेश गरी शिलबन्दी बोलपत्र सम्बन्धी कागजात खरिद गर्न सक्नेछन् ।
३. माथि उल्लेखित सामाग्री नेपाल सरकारको गुणस्तर (NS) प्राप्त भएको हुनुपर्नेछ ।
४. सम्पुर्ण सामाग्रीहरु विदुर नगरपालिका नुवाकोटमा उपलब्ध गराउनुपर्नेछ ।
५. शिलबन्दी बोलपत्र सूचना प्रकाशन भएको मितिले २१ औं दिन अर्थात २०८३।०७।३० गते दिनको १२:०० बजे भित्र संस्थाको मुख्य कार्यालयमा आफैं वा प्रतिनिधि उपस्थिति भई पेश गर्नु पर्नेछ । उल्लेखित समय भन्दा ढिलो गरी प्राप्त भएका बोलपत्र अस्वीकृत गरिनेछ ।
६. प्राप्त भएका शिलबन्दी बोलपत्रहरु २०८३।०७।३० गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ताका प्रतिनिधिहरुको रोहबरमा संस्थाको मुख्य कार्यालयमा खोलिनेछ । बोलपत्रको मान्य अवधि खोलिएको दिनदेखि गणना हुने गरी ६० दिन हुनेछ । बोलपत्रको प्रस्तावित मुल्यको २.५ प्रतिशत बोलपत्र जमानत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र त्यस्तो बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्रको मान्य अवधि भन्दा कम्तीमा पनि ६० दिन बढी हुनु पर्नेछ । बोलपत्रदाताले जमानत वापत नगदै राख्न चाहेमा कुमारी बैंक लिमिटेड, चौतारा शाखामा रहेको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको चल्ति खाता नं. 2390246717300001 मा त्यस्तो रकम जम्मा गरी सो को सक्कल भौचर शिलबन्दी बोलपत्र साथ पेश गर्नुपर्ने छ ।
७. बोलपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा त्यसपछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा बोलपत्र तथा दरभाउत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।
खरिद समिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 27 Oct, 2026 |
| Apply Before | 16 Nov, 2026 |
| City | Sindhupalchowk |