शिलबन्दी बोलपत्र आह्वानको सूचना (जाडो मौसमको सामग्री (Winter Kit)– फाइबर सिरक (Fiber Quilt)खरिद

System Development Service Centre (SDSC), Gorkha, Nepal

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सूचना (जाडो मौसमको सामग्री (Winter Kit) फाइबर सिरक (Fiber Quilt)खरिद

जाडो मौसमको सामग्री(Winter Kit)अन्तर्गत

फाइबर सिरक (Fiber Quilt) खरिद सम्बन्धी

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः२०८२/०७/

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा पद्धति विकास सेवा केन्द्र गोरखा (SDSC) ले बिगत ९ वर्ष देखी आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिका वडा नं. ४ फिनामको समन्वयमा एकिकृत सामुदायिक विकास परियोजना कार्यन्वयन गर्दै आईरहेको छ । यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आबद्घ १,१६५ बालबालिकाहरूको लागि जाडो मौसमको सामग्री (Winter Kit) अन्तर्गत फाइबर सिरक (Fiber Quilt) खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification /Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानिय वा राष्ट्रिय कम्पनी /फर्म/आपुर्तिकर्ताहरूबाट शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

शिलबन्दी बोलपत्र पेश गर्ने प्रक्रिया:

ईच्छुक स्थानिय वा राष्ट्रिय कम्पनी/फर्म/आपुर्तिकर्ताहरूले आफूले सेवा दिन चाहेको सामग्रीहरूको बोलपत्र शिलबन्दी गरी खामको बाहिर “जाडो मौसमको सामग्री (Winter Kit) बोलपत्र” लेखी मिति २०८२ मंसिर १ गते (17 November 2025) साझ ४:०० बजे भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यलय खुलेको पहिलो दिन) पद्धति बिकास सेवा केन्द्र (SDSC) नयाँबसपार्क, गोरखा नगरपालिका७, गोरखा वा गुड नेवर्स इन्टरनेशनल नेपाल, लगनखेल, ललितपुर मा पेश गर्न सकिनेछ । बोलपत्रको आबेदन फारम Technical SpecificationTOR इमेल sdscgorkha@gmail.com, 064-421434 (SDSC) बाट प्रप्त गर्न सकिनेछ वा तल दिइएको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

Link - 1: जाडो मौसमको सामग्री (Winter Kit) TOR

Link - 2: जाडो मौसमको सामग्री (Winter Kit) Bidding Form

नोट:

    १. बोलपत्र पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिबार्य रुपमा पेश गर्नुपर्नेछ ।

    २. सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै खरिद समितिमा निहित रहनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 02 Nov, 2025
Apply Before 17 Nov, 2025
City Gorkha