शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

Sarbodaya Nepal

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८३/०३/२१२२

सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) वि.सं. २०६२ साल पौष २५ गते (दर्ता नं. ०५–०६२/०६३) जिल्ला प्रशासन कार्यालय, जुम्लामा दर्ता भई वि.सं. २०७२ साल चैत्र ०४ गते समाज कल्याण परिषद्मा आबद्ध भएको एक गैरसरकारी संस्था हो। संस्थाले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा मानव अधिकार, महिला अधिकार तथा लैङ्गिक समानता, जीविकोपार्जन, शिक्षा, खानेपानी तथा सरसफाइ, वातावरण संरक्षण, महिला, बालबालिका तथा विपन्न समुदायको आर्थिक सशक्तीकरण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न विकास साझेदार संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

१ कृषि सामग्रीहरू खरिदका लागी शिलबन्दी बोलपत्र आह्वान

सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) ले Fondazione Un Raggio di Luce Onlus, Italy को सहयोगमा सञ्चालित Women Empowerment for Sustainable Development (WESD) परियोजना अन्तर्गत आवश्यक कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले प्रचलित खरिद नीति, नियम तथा प्रक्रियाबमोजिम योग्य आपूर्तिकर्ता, फर्म तथा कम्पनीहरूबाट १५ दिन भित्र  शिलबन्दी बोलपत्र (Sealed Quotation) आह्वान गर्दछ।

बोलपत्र पेश गर्ने शर्तहरू:

१. फर्म दर्ता प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र तथा आर्थिक वर्ष २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

२. आवश्यक प्राविधिक विवरण (Specification), उत्पादनको उत्पत्तिस्थान (Country of Origin), वारेन्टी तथा डेलिभरी अवधि स्पष्ट उल्लेख गर्नुपर्नेछ।

३. प्राविधिक तथा वित्तीय प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। इमेल: purcurmentsarbodayanepaljumla@gmail.com

४. बोलपत्रहरू अन्तिम मितिको भोलिपल्ट बिहान ११:०० बजे खोलिनेछ।

५. संस्थालाई कुनै वा सबै बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित रहनेछ।

Link: BID form for Agriculture


२ लेखापरीक्षण सेवा खरिदका लागि प्रस्ताव आह्वान (Request for Proposal – Audit Services)

प्रथम पटक प्रकाशित मिति: २०८३/०३/२१

सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) ले संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक लेखापरीक्षण सेवा प्रदान गर्न इच्छुक तथा योग्य चार्टर्ड एकाउन्टेन्ट/लेखापरीक्षण फर्महरूबाट प्राविधिक तथा वित्तीय प्रस्ताव आह्वान गर्दछ।

प्रस्ताव पेश गर्ने शर्तहरू:

१. प्रस्तावदाता नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAAN) मा दर्ता भएको लेखापरीक्षण फर्म हुनुपर्नेछ।

२. फर्म दर्ता प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र, ICAAN दर्ता प्रमाणपत्र तथा आर्थिक वर्ष २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

३. गैरसरकारी संस्था (NGO/INGO) को लेखापरीक्षणमा अनुभव भएको विवरण तथा प्रमुख लेखापरीक्षकको संक्षिप्त विवरण (CV) समावेश गर्नुपर्नेछ।

४. प्राविधिक तथा वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। इमेल: purcurmentsarbodayanepaljumla@gmail.com

५. प्रस्तावको मूल्याङ्कन प्राविधिक योग्यता, अनुभव तथा वित्तीय प्रस्तावका आधारमा गरिनेछ। न्यूनतम शुल्क मात्र छनोटको आधार हुने छैन।

६. कुनै वा सबै प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) मा सुरक्षित रहनेछ।

Links:

TOR for Auditor

Bid form for Audit

सम्पर्क:

सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल)

चन्दनाथ नगरपालिका वडा नं ६  जुम्ला फोन न. ०८७–५२०४१४,९८५८३२०४९८ र ९८५८३२०२१८

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Jul, 2026
Apply Before 20 Jul, 2026
City Jumla