स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना – LDCRP तयारीका लागि प्रस्तावना पेशगर्ने सम्बन्धी सुचना
Details / requirements:
स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना – LDCRP तयारीका लागि प्रस्तावना पेशगर्ने सम्बन्धी सुचना
प्रथम पटक प्रकाशन मितिः २०८२ साल पुष २४ गते ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF Nepal) द्वारा CARE Nepal को आर्थिक सहयोग तथा स्थानीय पालिकाहरु सगँको सहकार्यमा सञ्चालन भईरहेको जलवायु उत्थानशील र विपद् पुर्वतयारीका अभ्यासहरुलाई समष्टिगत रुपमा एकिकृत गरि मधेश प्रदेशका सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरी जिल्लाको रुपनी गाउँपालिकाका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना (Local Disaster and Climate Resilience Plan – LDCRP) तयारी गर्न योग्य, अनुभवी तथा दक्ष स्रोत व्यक्ति/परामर्शदाता टोली/ परामर्श सेवा प्रदायक संस्था बाट आवश्यक कागजपत्र सहित प्रस्तावना पत्र (प्रविधिक तथा आर्थिक ) पेश गर्न यो सुचना प्रकाशन गरिएको छ । कार्यसम्बन्धी विस्तृत विवरण, उद्देश्य, कार्य क्षेत्र, योग्यता, प्रतिफल, समयावधि तथा भुक्तानी व्यवस्था संलग्न ToR अनुसार हुनेछ । सोहि ToR को आधारमा प्रस्तावना पत्र पेश गर्नु पर्ने छ ।
इच्छुक परामर्शदाता/संस्थाले ToR अनुसार तयार गरिएको प्रस्तावना पत्र (अधिकतम ५ पृष्ठ), समान प्रकृतिका कार्यअनुभव तथा आवश्यक कागजातसहित आफ्नो प्रस्ताव मिति २०८२ साल पुष ३० गते भित्रसम्म इमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत वा कार्यलाय मा उपस्थिति भई पेश गर्न सकिनेछ । प्रस्ताव अंग्रेजी भाषामा र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अर्थात LDCRP (Local Disaster and Climate Resilient Plan) नेपाली भाषामा तयार गर्नुपर्नेछ। तोकिएको समयसीमापछि प्राप्त प्रस्तावहरू मूल्याङ्कनमा समावेश गरिने छैन।
LINK: TOR OF LDCRP FOR PUBLICATION
राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF Nepal) मधेश प्रदेश कार्यलाय:
ठेगानाः लहान-१, सिरहा (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न: ०३३-५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 08 Jan, 2026 |
| Apply Before | 14 Jan, 2026 |
| City | Siraha |