टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/११/१९)
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालसँगको साझेदारीमा संचालन भईरहेको जलवायु मैत्री गाउँ परियोजना अन्तर्गत सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.–२, पर्सा, लक्ष्मी चौक नजिकमा अवस्थित रहेको सरस्वती नदी को वरीपरि सिमान्त समुदायको बसोवास रहेको जग्गा वर्षेनी कटान भईरहेकोले सो क्षेत्रमा प्रकृतिमा आधारित समाधान गतिविधिहरू संचालन गरी सिमान्त समुदायको बसोवास क्षेत्रको संरक्षण गर्ने उदेश्यले संचालन गरीने सरस्वती नदी संरक्षण योजना संचालन गरिने छ । यसै सन्दर्भमा घर जग्गा संरक्षण तथा कटान न्यूनीकरणको लागि आवश्यक पर्ने तपशिल बमोजिमको विभिन्न प्रकृतिमा आधारित समाधान अन्तर्गत निर्माण कार्य र संरक्षण मैत्री गतिविधिहरू संचालन गर्नु पर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरू बाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्त बमोजिम यस संगै दिईएको फर्मेट बमोजिम कार्यालय समय भित्र कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।
| क्र.स. | कामको विवरण | कामको प्रकृति | स्थान | खोला | कैफियत |
| १ | सरस्वती नदी संरक्षण योजना | प्रकृतिमा आधारित समाधान | लक्ष्मीपुर पतारी गाउँपालिका –२, सिरहा | सरस्वती नदी |
१. इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरूले महासंघको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको बोलपत्र फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन (मिति २०८२ साल फाल्गुन महिनाको २५ गते सोमबारका दिन) १२:०० बजे भित्र यस महासंघको कार्यालयमा बोलपत्र दरभाउ उल्लेखगरी पेश गर्न सकिने छ ।
२. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८१/०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक निर्माणकार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
४. पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको ७ औं दिन ( मिति २०८२ साल फाल्गुन महिनाको २५ गते सोमबारका दिन ) दिउँसो ३:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
५. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
६. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
LINK:
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.–१, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न.: ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 Mar, 2026 |
| Apply Before | 09 Mar, 2026 |
| City | Siraha |