सुप्रिम सोलार प्रा. लि. (Supreme Solar Pvt. Ltd.) को आशयपत्र आह्वानको सुचना
Details / requirements:
सुप्रिम सोलार प्रा. लि. (SUPREME SOLAR PVT. LTD.) को आशयपत्र आह्वानको सूचना।
प्रथम पटक प्रकाशित मिति: २०८२/०९/२०
सुप्रिम सोलार प्रा. लि. (SUPREME SOLAR PVT. LTD.) ललितपुर महानगरपालिका–१३, ललितपुरमा मुख्य कार्यालय रहेको आधुनिक वायुपंखी चुलो उत्पादन गर्ने एक कम्पनी हो। यसले विगत ११ वर्षदेखि नेपालका विभिन्न जिल्लाहरूमा आधुनिक वायुपंखी चुलोको प्रवर्द्धन गर्दै आइरहेको छ। यसैगरी Livelihoods Venture को आर्थिक सहयोग तथा Practical Action Nepal को साझेदारीमा सामाजिक रूपान्तरण तथा मानवीय सहायता संस्था (ASTHA NEPAL) ले सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुला, बझाङ र कैलाली गरी ८ वटा जिल्लाका स्थानीय तहहरूमा उन्नत चुलोको बजारिकरण परियोजना सञ्चालन गरिरहेको छ। उक्त परियोजना सञ्चालन भएका स्थानीय तह तथा परियोजनाको आवश्यकताको आधारमा अन्य जिल्लाका गाउँ तथा नगरपालिकामा पनि आपूर्ति गर्नुपर्ने भएकाले हाल यस परियोजना कार्यान्वयनका लागि आधुनिक वायुपंखी चुलो (Model‑SAINJU / VORTEX 02) प्रवर्द्धन तथा बिक्री पछी को मर्मत सम्भार को लागि तपशिल वमोजिमका योग्यता पुगेका ईच्छुक र योग्य वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ०७ दिन (२०८२/०९/२७ गते) भित्र कार्यालय समयमा तलको ठेगाना तथा ईमेलमा आवश्यक कागजातहरूको साथमा आशयपत्र पेश गर्नको लागि यो सूचना आव्हान गरिन्छ । विस्तृत कार्यविवरण तथा आशयपत्र ढाँचाकोे लागि कार्यालयमा सम्पर्क गर्नुहोला ।
पेश गर्नुपर्ने कागजातहरू:
अभिरुचि पत्र पेश गरिएको पत्र।
प्रस्तावना पत्र।
नवीकरण गरिएको व्यवसायिक इजाजतपत्र।
भ्याट दर्ता तथा अन्य निकायमा दर्ता प्रमाणपत्र।
विगत ३ आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र तथा लेखा परीक्षण प्रतिवेदन।
कार्यालयको सम्पर्क ठेगाना
केन्द्रीय कार्यालय: ललितपुर महानगरपालिका–१३, ललितपुर, बागमती प्रदेश, नेपाल।
सम्पर्क नम्बर: ९७०२६१५२०३
Email: ranibsainju.official@gmail.com
Overview
| Category | Expression of Interests, Tender Notice, Bid |
| Salary | Rs. / |
| Posted Date | 04 Jan, 2026 |
| Apply Before | 11 Jan, 2026 |
| City |