सामाजिक परिचालक (Social Mobilizer)
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८२/०२/२७
जन जागरण युवा युवा क्लब, बारा
जन जागरण युवा क्लब (JJYC) विगत २६ वर्ष देखि नेपालका १२ जिल्लाहरुमा विभिन्न विकासे काम गरेको अनुभवी तथा दक्ष मानव संसाधन भएको एउटा गैर सरकारी संस्था हो । यस सस्थाले एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN) को साझेदारीमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा “स्थानीय अधिकार कार्यक्रम” संचालन गर्न लागिरहेको छ । उक्त कार्यक्रमको लागि तपसिल बमोजिम पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका १८ वर्ष पूरा गरी ५० वर्ष उमेर पूरा नभएका ईच्छुक नेपाली नागरिकहरुसँग दरखास्त आव्हान गरिएको छ ।
क्र.स. | पद र संख्या | न्यूनतम योग्यता र सीप | मुख्य जिम्मेवारी र भूमिका |
१ | सामाजिक परिचालक– ३ जना (Social Mobilizer- (SM) |
|
|
विस्तृत काम विवरण तलको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।
JD Link: सामाजिक परिचालक (Social Mobilizer)
दरखास्त बुझाउने प्रावधान
दरखास्त दिने अन्तिम मिति: २०८२।०३।०३ गते मंगलबार साँझ ४։०० बजे सम्म ।
इमेल: recruitmentjjycbara@gmail.com
ठेगाना: जन जागरण युवा क्लब, कलैया–०१, मोतिबाग बारा (भौतिक उपस्थितिमा)
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक , अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ र फिल्डमा नै बसी काम गर्ने ईच्छुक रहेको , निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
Overview
Category | Development and Project, Development / NGO |
Openings | 3 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 10 Jun, 2025 |
Apply Before | 17 Jun, 2025 |
City | Kalaiya, Bara District |