सामाजिक परिचालक
Details / requirements:
Vacancy Announcement
ईडीसी–नेपाल डोटी, १९९७ मा स्थापना भएको एक गैर–नाफामूलक सदस्यता आधारित संस्था हो, जुन सुदूरपश्चिम प्रदेशका दलित, सीमान्तकृत तथा पछाडि पारिएका समुदायहरूको सामाजिक–आर्थिक अवस्था, गुणस्तरीय शिक्षा र सांस्कृतिक अवस्थाको सुधार गर्ने उद्देश्यका साथ कार्यरत छ। यो संस्था मुख्य रूपमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा क्रियाशील छ र मानव अधिकारमा आधारित दृष्टिकोण (Human Right Based Approach – HRBA) लाइ अवलम्वन गरि विभिन्न दातृ निकाय, साझेदार संस्था र सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम तथा परियोजनाहरू कार्यान्वयन गर्दै आइरहेको छ।
यस संस्थाले मुख्य गरि १) लैङ्गिक विभेद तथा जातीय छुवाछुत, पारिश्रमिक विनाको सेवामुलक कार्य, (UCW), लैङ्गिक हिंसा, अनौपचारिक क्षेत्रका श्रमिकहरूको सुरक्षा र महिला अधिकार, समाजका हानिकारक अभ्यास, अन्याय र असमानता विरुद्ध सचेतना, दबाब, पैरवी तथा अभियान, २) जलवायु उत्थानशीलता र दिगो जीविकोपार्जन, ३) महिला तथा युवा सशक्तिकरण र परिचालन, ४) सुरक्षित, हरित विद्यालय र गुणस्तरीय शिक्षा, ५) खानेपानी, सरसफाइ (WASH) तथा पोषण, ६) सुशासन र जवाफदेहिता, ७) बाल प्रायोजन कार्यक्रम ८) उपहार कार्यक्रम र ९) मुक्त हलिया सशक्तिकरण जस्ता सवालमा क्रियाशिल रहदै ।
ईडीसी–नेपालले बाल संरक्षण र महिला तथा बालबालिकाको सुरक्षामा कडा नीति अवलम्बन गरेको छ र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाएको छ। यस संस्थाले स्थानिय सरकार संगको समन्वय र सहकार्यमा लक्षित समुदायहरूलाई सशक्त बनाउँदै सामाजिक रूपान्तरण र दिगो विकास प्रवर्द्धनमा सहयोग पुर्रयाउने लक्ष्य राखेको छ।
यसै सन्दर्भमा समविकास केन्द्र (ईडीसी) नेपालले एक्सनएड नेपालको साझेदारी तथा सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिकामा सन् २०२५ जुलाइ देखि दलित, महिला, वालवालिकाहरू र सिमान्तकृत समुदायको अधिकार, गुणस्तरिय शिक्षा र जलवायु न्याय र हरित जिविकोपार्जनको क्षेत्रमा पहुँच अभिबृदी गर्ने उदेश्यले स्थानिय अधिकार कार्यक्रम (एलआरपी) संचालन गर्न लागिरहेको र उक्त कार्यक्रम संचालनका लागि तपसिल बमोजिमका कर्मचारीहरूको आवश्यकता भएकोले यो सूचना प्रकाशित भएको मितीले ७ दिन भित्र (२०८२।३।११) स्थानिय योग्यता पुगेका तथा अनुभवि उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको छ ।
१) पद: सामाजिक परिचालक
२) पद संख्या: ४ जना
३) कार्यक्षेत्र: जोरायल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६
४) योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा १०+२ उतिर्ण भइ समुदाय सशक्तिकरण, अभियान र पैरवीको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको हुनु पर्ने ।
परिक्षाको किसीम: छोटो सूचिजाँच, लिखित र अन्तरवार्ता
आवेदन बुझाउने अन्तिम मिती: २०८२।३।११ गते ।
छोटोसूचि जाँच: मिती: २०८२।३।१२ गते ।
लिखित तथा मौखिक परिक्षा: २०८२।३।१४ गते
इच्छुक आवेदकहरूले संस्थाको व्यवसाइट www.edcdoti.org.np./NEWS/EVENTs बाट आवेदन फाराम डाउनलोड गरी विवरण भरिएको आवेदन फराम सहित शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागिरकताको प्रमाणापत्र अनुभवपत्र एकमुट संस्थाको तल उल्लेख गरिएको इमेलमा वा कायार्लयमा आइ बुझाउन सकिनेछ ।
इमेल: vacancyedcnepal@gmail.com
For further inquiries, please contact EDC-Nepal at phone number 094-411050 or visit व्यवसाइट: www.edcdoti.org.np
Coordinator
Recruitment Committee
DC- Nepal, Doti
Overview
Category | Development and Project, Development / NGO |
Openings | 4 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | 2 Years |
Education | Intermediate (10+2) |
Posted Date | 19 Jun, 2025 |
Apply Before | 25 Jun, 2025 |
City | Doti |