मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

HURENDEC

Details / requirements:

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकासित मिति २०८२/०३/०५

यस संस्थालाई चालु आ.ब.२०८२/०८३ का लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेबा कार्यहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण, व्यवसायि/परामर्शदाता/सेवाप्रदायक संस्थाबाट खरिद निर्देशि्का २०८१ को भाग ५ को दफा १४ अनुसार मौजुदा सूची (Standing list) दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकासित भएको मितिले १५ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरू अनुसार अलग अलग सूची तयार गरी यस कार्यलयमा रित पुर्वक निवेदन पेश गर्न हुन तथा स्टेशनरी तथा होटेलको सुची दर्ताको लागि भने यसै सूचनामा राखिएको कोटेसन फम समेत भरि आवश्यक कागजात पेश गर्न अनुरोध छ । मौजुदा सूचिको मान्य अबधि आ.ब. २०८२/०८३ को लागि मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा सुरक्षित रहने छ । 

तपशिल

१) स्टेशनरी सम्बन्धी कार्य । कोटेशनको लागि यहा click गर्नुहोस्।

२) होटेल  (खाना, नास्ता, होटल, बास तथा तालिम हल) सम्बन्धी कार्य ।  कोटेशनको लागि यहा click गर्नुहोस् ।

३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य ।

४) सबारी साधन आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

५) छपाई सम्बन्धी कार्य ।

६) रंग रोगन सम्बन्धीका कार्यहरू ।

७) निर्माण सामाग्रीहरू आपूर्ति सम्बन्धि कार्य ।

८) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा सञ्चालन सम्बन्धीका कार्य ।

९) श्रब्य दृश्य सामाग्री निर्माण तथा प्रशारण सम्बन्धी कार्य।

१०) व्यवसायिक सिपमुलक तालिमहरू सम्बन्धी कार्य

११) औषधी तथा औषधी उपकरण सम्बन्धी कार्य ।

१२) कृषिजन्य सामग्री आपूर्ति सम्बन्धी कार्य ।

१३) पशु पंक्षीजन्य सामग्री आपूर्ति सम्बन्धी कार्य ।

१४) खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरू ।

१५) वातावरण संरक्षण सम्बन्धी कार्य ।

१६) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरु ।

१७) खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका कार्यहरू ।

१८) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।

१९) नर्सरी जन्य कार्यहरू ।

२०) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।

२१) फर्नीचर सम्बन्धीका कार्यहरू ।

२२) प्रबिधि तथा विधुतीय उपकरण सम्बन्धी कार्य ।

२३) निर्माण (ठेक्का पट्टा) सम्बन्धी कार्यहरू ।

निवेदन साथ पेश गनुपर्ने कागजातहरू

  • निवेदन
  • निवेदकले उपलब्ध गराउने सेवा/सामाग्री
  • व्यावसाय दर्ता प्रमाण पत्र
  • स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र
  • कर चुक्ता प्रमाण पत्र २०८०/८१
  • प्रोप्राईटरको नागरिकताको प्रमाण-पत्र
  • कालो सूचीमा नपरेको स्व-घोषणा 

निवेदन पेस गर्ने प्रक्रिया 

    १) हार्डकपी मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको मुख्य कार्यालय खाडाचक्र न.पा १ कालीकोट  वा 

    २) इमेल: hurendec.procurement@gmail.com

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोट

खाँडाचक्र नगरपालिका वडा नं.१ मान्म कालीकोट

कर्णाली प्रदेश ,नेपाल

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 19 Jun, 2025
Apply Before 03 Jul, 2025
City Kalikot