सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर १२ , सुर्खेत

सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८२ जेठ १४ गते

लेकबेशी नगरपालिका, सुर्खेत, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानी र समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा संचालित  खानेपानी योजनाको सुचारुपना अभिवृद्धिका लागि अनुगमन तथा मर्मत सम्भार प्रणालीमा सुधार (हेल्लो धारा ) परियोजनाबाट खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु:

  • दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

सिलवन्दी दरभाउपत्र पाइने स्थान:समाज जागरण केन्द्र (स्याक) नेपाल, प्रधान कार्यालय , वी.न.पा. १२, सुर्खेत

सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क: Quotation Form

दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:

दरभाउपत्र बुझाउने अन्तिम मिति:  २०८२.०२.२० गते २:०० बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल,  वी.न.पा. १२, सुर्खेत

  • म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:

मिति: २०८२.०२.२० गते २:३० बजे

स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल,  वी.न.पा. १२, सुर्खेत

सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

  • सामग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामग्री ढुवानी पश्चात खरिदकर्ताले सामग्रीको गुणस्तर चेकजांच र प्राप्त गरे पछि आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।
  • दरभाउपत्रदातालाई सिलवन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लिखित कुनै कुरामा द्विविधा वा जिज्ञासा भएमा स्पष्ट गरी दिन सिलवन्दी दरभाउपत्र तथ्याङ्क सम्बन्धी विवरणमा उल्लेख भएको समयावधी भित्र सोही विवरणमा उल्लेख भएको ठेगानामा लिखित रुपमा अनुरोध गर्न सकिनेछ ।
  • यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
  • दर्ता भएका सिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस समाज जागरण केन्द्र (स्याक) नेपाल मा सुरक्षित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 28 May, 2025
Apply Before 03 Jun, 2025
City Birendranagar Surkhet