सुचिकृत हुन आउने सम्बन्धी सूचना
Details / requirements:
हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड
Haripur Water Supply & Sanitations Management Board
हरिपुर, सर्लाही
सुचिकृत हुन आउने सम्बन्धी सूचना
सूचना प्रकाशन मिति: २०८३/०४/२१
यस हरिपुर खानेपानी तथा सरसफाइ ब्यवस्थापन बोर्डलाई आ.व. २०८३/०८४ को लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरू एकै पटक वा पटक–पटक गरी आपूर्ति प्रवाह गर्ने एवं मर्मत प्रयोजनका लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूलाई सूचि दर्ता गराउनु पर्ने भएकोले आफुले आपुर्ति/प्रवाह गर्ने वस्तु तथा सेवाहरुको स्पष्ट विवरण, कम्पनी/फर्म दर्ता प्रमाण–पत्र, करचुक्ताको प्रमाण पत्रको प्रतिलिपि, आफ्नो ठेगाना, सम्पर्क नम्बर राखि अन्य आवश्यक कागजात तथा कार्य अनुभव सहित निवेदन संलग्न गरी यस कार्यालयमा सुचिकृत हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्रमा सुचिकृत हुन आउनका लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
तपसिल:
| क्र.सं. | विवरण |
| १ | मसलन्द, सामान्य स्टेशनरी आपूर्ति सम्बन्धी कार्य । |
| २ | छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू । |
| ३ | हार्डवेयर सम्बन्धी सामाग्रीहरू आपूर्ति सम्बन्धी कार्यहरू। |
| ४ | कार्यालय उपकरण, सर्भर, ल्यापटप, प्रिन्टर, स्क्यानर, राउटर लगायत सामाग्रीहरू को आपूर्ति, जडान मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कार्यहरू । |
| ५ | ब्लिचिङ्ग पाउडर, क्लोरिन तथा ल्याब सम्बन्धी मेशिनरी तथा अन्य सामाग्री सप्लाई कार्य । |
| ६ | समरसिवल मोटर पम्प तथा प्यानल बोर्ड आपूर्ति तथा मर्मत सम्भार सम्बन्धी कार्यहरू। |
| ७ | निर्माण सामाग्रीहरू आपूर्ति एवं निर्माण सम्बन्धी सम्पूर्ण कार्यहरू । |
| ८ | बिभिन्न ईलेक्ट्रोनिक्स सामाग्रीहरू आपूर्ति, त्यसका पार्ट पुर्जा मर्मत सम्बन्धी कार्यहरू |
| ९ | फर्निचर र फिक्चर्स, काठ तथा मेटलका सामाग्रीहरू आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्यहरू |
| १० | ईमेल, इन्टरनेट, क्लाउड स्पेश, नेटवर्किङ्ग सेवा, भुक्तानी प्रदायक सेवा सम्बन्धी कार्यहरू |
| ११ | कन्सलटेन्सी, परामर्शदाता, अनुसन्धान, इन्जिनियरिङ्ग लगायत अन्य विविध सेवा सम्बन्धी कार्यहरू । |
| १२ | कुरियर, बिज्ञापन प्रकाशन सम्बन्धी कार्यहरू । |
| १३ | अटोमेशन सम्बन्धी सम्पुर्ण सामाग्रीहरू आपूर्ति तथा मर्मत सम्भार कार्यहरू । |
| १४ | बाह्य लेखा परीक्षण सम्बन्धी कार्यहरू । |
| १५ | पाइप लाईनको लागि खन्ने पुर्ने कार्यहरू । |
| १६ | डिप बोरिङ कम्प्रेसर सम्बन्धी सम्पुर्ण कार्यहरू । |
| १७ | मिटर रिडिङ्ग डिभाइस र थर्मल पेपर आपुर्ति सम्बन्धी कार्यहरू । |
| १८ | बिजुली बत्ति, पोल सार्ने, र बिद्युत सम्बन्धी सम्पुर्ण कार्यहरू । |
सम्पर्क कार्यालयको नामः हरिपुर खानेपानी तथा सरसफाई व्यबस्थापन बोर्ड
हरिपुर ९, पिडारी
इमेल: haripurkhanepaniboardprocureme@gmail.com
सम्पर्क नं.: ९८०१६७८८८१ ,९८०१६७८८८२
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Aug, 2026 |
| Apply Before | 20 Aug, 2026 |
| City | Sarlahi |