सुची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सुची दर्ता गर्ने सम्बन्धी सूचना
(REF.: RRPK/EOI/2025/01)
प्रकाशन मिति: २०८१/०३/०५ गते
प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाहीले यस जिल्लामा आभा परियोजना यहाका कौडेना, बसबरीया, चक्रघटा तथा धनकौल पालिकामा सञ्चालन गरिरहेकोले यस संस्थालाई तल उल्लेखित सेवा आपुर्तिकर्ताहरुलाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८२/०३/२० सम्म ५ बजे भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवाहरु:
- कार्यालय तथा कार्यक्रम मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- फर्निचर (दराज, टेबल, कुर्सि सू रैक फलामको र स्टिलका अन्य समानहरु) तथा फर्निसिङ्ग (कार्पेट, पी फम, कुसन, पर्दा कपडा आदी सामानहरु आपूर्ति गर्ने कार्य, प्लाष्टिक जग,मग, बाल्टिन, बेसिन तथा कार्यालय संचालन सम्बन्धि ईत्यादी सामग्रीहरु ।
- स्कुल पोशाक तथा ब्याग, आपूर्ति गर्ने कार्य ।
- होटेल (लज –खाना, खाजा, मिटिङ्ग हल तथा आवास ईत्यादी)
- होटल (फिल्ड स्तरका होटेलहरु, खाजा खाना ईत्यादी)
- प्रिन्टीङ्ग (व्यनर, प्रेस सम्बन्धी इत्यादी)
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान ) भाडामा लिने सम्बन्धि कार्य ।
- विभिन्न कार्यक्रमहरु अन्तर्गतका तालिम, गोष्ठी, ईभेन्ट संचालनका लागि दक्ष consultany/Facilitator ।
- अफीस सप्लाईज
- इलेकट्रोनिक तथा इलेक्ट्रीक (सेवा तथा सामग्री)
- किराना सामग्री
- हार्डवेयर सम्बन्धी सामग्री
- कृषि तथा जिवीकोपार्जन सम्बन्धी सामग्री तथा उपकरण
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुई बर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
कागजातहरु निवेदनका साथ एउटा फाईलमा राखी समय भित्रै यस कार्यालयमा बुझाउनुहुन अनुरोध छ ।
सम्पर्क ठेगाना: राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, मलंगवा १०, (सर्लाही)
जिल्ला बाहिर रहेका आपूर्तिकर्ताको हकमा ईमेल: procurement.gge.rrpk@gmail.com मा मार्फत पनि पठाउन सकिने छ । साथै कारोबार हुनु भन्दा आगावै सकल प्रति कार्यलयमा पेश गर्नु पर्ने छ ।
फोन नं. ०४६५९०५५२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 19 Jun, 2025 |
Apply Before | 04 Jul, 2025 |
City | Malangwa, Sarlahi District |