Project Coordinator

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

आवेदन सम्बन्धि सूचना

प्रकाशित मिति: २०८२ जेठ १९ गते सोमवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २३ वर्ष देखि समाजको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेको एक गैह्र सरकारी संस्था हो । संस्थाले मधेश प्रदेशका सबै जिल्लाहरुमा विभिन्न स्थानीय निकाय र दातृ संस्थाहरुको सहकार्यमा शिक्षा, जीविकोपार्जन, आयआर्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ताकार्यहरु सञ्चालन गर्दै आइरहेको छ । त्यसै क्रममा World Share को सहयोगमा संस्थाद्धारा संचालित “To improve water, Sanitation and Hygiene (WASH) Facilities for Government Schools” कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले तल उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पदआवश्यक संख्याशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरु
Project Coordinator१ जना

स्नातक उतिर्ण 

(Bachelor Degree in 

Social Science/

Sociology/

Education and other relevant discipline)

  • समाजिक विकास क्षेत्र (स्वास्थ्य, सरसफाइ तथा खनेपानी) मा कम्तीमा पनि ३ वर्षको अनुभव प्राप्त गरेको
  • क्षमता अभिवृद्धि, तालिम, कार्यक्रम व्यवस्थापन र  संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको 
  • तथ्याङ्क र सुचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।  
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका विधि/प्रकृया विकास गर्न सक्ने सीप भएको
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्यक्रम ब्यवस्थापन गर्न सक्ने दक्षता भएको
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथा बोल्न सक्ने क्षमता भएको  
  • कम्प्युटरको Office package मा राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको
आवेदन पेश गर्ने प्रक्रिया

माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि,  तालिम तथा कार्य अनुभवपत्रहरुको प्रतिलिपि सहित पदप्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरुमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्व: प्रमाणित गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट आवेदन पेश गर्न सकिने छ ।

आवेदन पेश गर्ने स्थान: संस्थाको कार्यालय, जनकपुरधाम ४, (विश्वकर्मा चोक) वा संस्थाका ईमेल dswcn.vacancy2023@gmail.com मा इमेल गर्न सकिन्छ । सम्पर्क नं.९८१२००९२९२ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक परिक्षा तथा कम्प्युटर प्रस्तुतीकरणमा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार यस संस्था दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

संस्थाले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔं । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Salary As per organization rules /
Position Type Full Time
Experience 3+ years
Education B. Ed. (Education), Bachelor's degree in social science, Bachelor's degree in a related field, Bachelor’s Degree in Sociology
Posted Date 02 Jun, 2025
Apply Before 08 Jun, 2025
City Dhanusha, Janakpurdham