पोषण तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सहजकर्ता

Everest Club

Details / requirements:

प्रथम पटक प्रकाशित सूचना २०८२ श्रावण १२ गते

पोषण तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सहजकर्ताका आवश्यकता सम्बन्धि सूचना

“हाम्रो चाहाना सभ्य, स्वावलम्वी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नारा लिएर मिति २०५० भाद्र १० गते संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत रुपमा एभरेष्ट क्लव दैलेख नामक संस्था स्थापना भएको हो । यो संस्थाले समुदायमा रहेका बञ्चितीमा परी जीवन निर्वाह गर्न वाध्य भएका विपन्न तथा जोखिममा परेका  वर्गलाई प्राकृतिक, आर्थिक, सामाजिक श्रोत र साधन एवम् प्रवाह हुने सेवा र सुविधामा समान सहभागिता, पहुँच, नियन्त्रण र स्वामित्व स्थापित गर्ने कार्यमा केन्द्रित भएर कार्य गर्ने गर्दछ । जसको सवाल उसैको सरोकार भन्ने मान्यतालाई उच्च कदर गरि संस्थाले हाल सम्म, शिक्षा, स्वास्थय, खानेपानी सरसफाई एव् स्वच्छता, पोषण, खाद्य सुरक्षा, संस्थागत विकास, महिला अधिकार, बाल अधिकार, मानव अधिकार, लघु उद्यम विकास र, उद्यमशिलता, विपद व्यवस्थापन लगायतका क्षेत्रहरूमा कार्य गर्दै आइरहेको छ ।

केयर नेपाल र आइ डि इ नेपालको संयुक्त साझेदारीमा एभरेष्ट क्लवको सहजिकरणमा दैलेख जिल्लाको ०१ वटा नगरपालिका र ४ वटा गाँउपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, सरसफाई तथा स्वचछता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति वर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पूर्ण क्षमताको बिकास गर्नु रहेका छ ।

विज्ञापन नं. ०१–०८२/०८३

पद: पोषण तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सहजकर्ता

आवश्यक संख्या: १ जना (महिलां)

कार्यक्षेत्र: भगवतिमाई गाउँपालिका, दैलेख

परियोजना: पोषण परियोजना

परियोजना अवधि: जुलाई १, २०२५ देखि जुन ३०, २०२६

पोषण तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सहजकर्ताको कार्य विवरण

  • परियोजनाका गतिविधिहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय सरकार र समुदायस्तरमा अनुकूल वातावरण निर्माण गर्न परियोजना इकाईलाई सहयोग गर्नु ।
  • स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहहरूसँग समन्वय स्थापना सहजीकरण गर्ने, लक्षित समुदायको नियमित बैठकहरू, अनुगमन गर्नु, व्यवहार परिवर्तन सत्र सञ्चालन गर्नुको साथै समसामायिक विषय वस्तुमा छलफल गर्ने।
  • हानिकारक सामाजिक परम्परा पहिचान गरी लैँगिक परिवर्तन मार्फत पोषण सुधारमा सामाजिक विश्लेषण र क्रियाकलाप उपकरणहरू (एसएए)  प्रयोग गर्ने ।
  • परिवर्तन नेतृत्वकर्ता पहिचान गरी समुदाय परिचालनमार्फत हानिकारक सामाजिक मान्यताहरू उन्मूलन गर्न उनीहरूलाई सक्रिय बनाउने ।
  • हानिकारक सामाजिक परम्पराहरू विरुद्ध समुदायका अगुवा र परम्परागत/धार्मिक गुरुहरू, स्वास्थ्यकर्मीहरूसँग संवाद कार्यक्रम सञ्चान गर्ने ।
  • VSLA, वित्तीय साक्षरता र उद्यमशीलता विकासका माध्यमबाट संस्था निर्माण र सशक्तिकरणमा सहयोग गर्ने ।
  • ५ वर्ष मुनिका बालबालिकाको पोषण मुल्याङ्कन, महिला स्वयंसेवकको अनुगमन, पहिचान गरिएका गम्भीर तथा मध्यम कुपोषणको केसहरूको परामर्श गर्ने तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै गम्भीर कुपोषण केसहरूको क्लिनिकल व्यवस्थापन गर्ने र सरकारी स्वास्थ्य प्रणाली (HMIS/DHIS2) मार्फत समयमै रिपोर्टिङमा सहयोग गर्ने ।
  • अग्रज कृषकहरूसँग मिलेर जलबायु अनुकूल प्रविधि प्रयोग गरी पोषणयुक्त विविध बगैँचाका प्रदर्शनी स्थापना गर्न परियोजना इकाईलाई सहयोग गर्ने ।
  • स्थानीय सरकार, पालिका शाखाहरू, स्वास्थ्य संस्था, लाभग्राही समूहहरूसँग समन्वय र सहकार्यमा सुद्दढ गर्ने ।
  • परियोजना इकाईलाई Supply Chain व्यवस्थापन प्रणाली स्थापना गर्न सहयोग गर्ने ।
  • प्रचलित नीति, नियम र योजनाहरूको कार्यान्वयनमा सहयोग गर्नुको साथै नीतिगत कमजोरीहरूका विषयमा निरन्तर वकालत गर्ने ।
  • तोकिएको क्षेत्रका स्वास्थ्य संस्था, वडा र नगरपालिका/गाउँपालिका तहमा स्वास्थ्य तथा स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता गतिविधहरू, (स्वास्थयका लागि सहायक सुपरिवेक्षण तथा प्राविधिक सहायता, समुदाय स्वास्थ्य मुल्याङ्कन पार्टी, नियमित तथ्याङ्क गुणस्तर मुल्याङ्कन, न्यूनतम सेवा मापदण्ड, अनसाइट कोचिङ, OTC व्यवस्थापन, कार्यान्वयन तथा अनुगमन गर्नु ।
  • स्थानीय सरकारको बार्षिक योजना निर्माण प्रक्रियामा परियोजनाका गतिविधिहरू समावेश गर्न सहयोग र सहजीकरण गर्नु ।
  • कृषक पाठशाला मार्फत पोषणयुक्त खाद्य प्रणाली र व्यवहार परिवर्तन सम्वन्धी सत्र, दिवस तथा अभियान कार्यक्रमहरूमा सहजीकरण गर्न वा नेतृत्व गर्न सहयोग गर्ने ।
  • कृषि इनपुट प्रणालीको सशक्तिकरणको लागि स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सामग्री र आपुर्ति, सार्थै सामुदायिक समूहहरूमा इनपुट तथा आउटपुट समर्थनमा समन्वय र सहकार्य गर्न बजार तथा व्यवसाय सहजीकरणकर्तासँग मिलेर काम गर्ने ।
  • पोषण, स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सम्वन्धी  कृषक तालिमका गतिविधिहरूका लागि अभिमुखीकरण सत्रहरू सञ्चालन गर्न सहजीकरण गर्ने ।
  • कृषि उपजहरूको (Post-harvest) र बजार व्यवस्थापन कार्यमा सहयोग गर्ने ।
  • समुदायस्तरमा सञ्चालन गरिएका तालिम, बैठक तथा क्रियाकलापहरूको प्रतिवेदन तयार गरी सम्वन्धित परियोजना सुपरभाइजरलाई पेश गर्ने ।
  • स्वास्थ्य संस्थ सञ्चालन तथा व्यवस्थापन समिति बैठक PHC/ORC, स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता,  सत्र, तथा खोप क्लिनिकहरूमा नियमित सहभागी हुने ।
  • पोषण परियोजनसँग जोडिएका समुदायका घरेलु शौचालय मर्मत, हात धुने संरचना निर्माण/पुननिर्माण, वाटर पिट, भाँडा सुकाउने र्‍याक, धुवाँरहित चुल्हो प्रवर्द्धनमा सहजिकरण गर्ने ।
  • सुरक्षित खानेपानी पहुँचको मूल्याङ्कन तथा समुदायस्तरमा एकीकृत जल सुरक्षा योजना (IWSP) को कार्यान्वयनमा नेतृत्व लिई सम्बन्धित सरोकारवालासँग आवश्यक बजेटको लागि समन्वय गर्ने ।
  • स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता, पोषण र स्वास्थ्य सम्वन्धी सामुदायिक अभियान सञ्चालन गर्ने ।

योग्यता तथा अनुभव

हेल्थ असिस्टेन्ट, ए.एन.एम,  सि.एम.ए, पि.सि.एल नर्सिङ्ग विषयमा उत्तिर्ण भई पोषण तथा मातृशिशु वा खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।

आवश्यक कागजातहरू

  • नेपाली नागरिकताको प्रमाण पत्र ।
  • शैक्षिक प्रमाण पत्रहरू, अनुभव पत्र र नागरिकताको प्रतिलिपी
  • आवेदकको विस्तृत बायो डाटा 
  • आवेदन पत्र सहित हाल सालै खिचेको फोटो
  • छनोटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)(Physically)

आवेदन बुझाउने ठेगना

एभरेष्ट क्लव दैलख, नारायण नगरपालिका, दैलेख 

ईमेलः hr@everestclubnepal.org.np पनि आवेदन दिन सकिने छ ।

दरखास्त दिने अन्तिम मितिः २०८२ श्रावण २० सम्म पदपुर्ति समिति

एभरेष्ट क्लव दैलेख

Overview

Category Development Project, Nursing, Nutrition
Openings 1
Position Type Full Time, Contract
Experience 1+ years
Education PCL Nursing, CMA/ANM/HA
Posted Date 03 Aug, 2025
Apply Before 05 Aug, 2025
City Dailekh