परियोजना संयोजक (Project Coordinator)
Details / requirements:
कर्मचारी संबन्धी आवश्यकता सूचना ।।।
प्रथम पटक प्रकाशित मिति २०८२/०२/०७
महाशिला गाउँपालिका, पर्वत र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड)को साझेदारीमा सञ्चालन हुने “ तरकारी मुल्य श्रृखलामा नविनताका माध्यमबाट ग्रामिण महिला उद्यमीहरुको प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि परियोजना (Enhancing Competitiveness of Rural Women Entrepreneur Through Innovation in Vegetable Value Chains) ” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ । यो सुचना www.enprednepal.org.np मार्फत पनि हेर्न सकिने छ ।
१.पद : (परियोजना संयोजक)
पद संख्या: (१ जना)
न्युनतम शैक्षिक योग्यता र कार्यानुभाब:
- कृषि बिषयमा स्नातक वा स्नातकोत्तर तह उर्तिण गरि कम्तिमा १ बर्षको अनुभव भएको तथा सामाजिक शास्त्रमा स्नातक तह उर्तिण गरि कम्तीमा २ बर्ष अनुभव भएको।
- कम्प्युटर सम्बन्धी दक्षता भएको पावर पोइन्ट, एक्सल तथा माईक्रोसफ्ट सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
- बिभिन्न सरोकारवाला र समुदायसंग बैठक छलफल र कार्य गर्न सक्ने ।
- स्थानिय सरकार संग साझेदारी गरि कार्य गर्न सक्ने ।
- परियोजनाको बजेट कार्यान्वयन गरि समयमा कार्य सम्पन्न गर्ने क्षमता भएको ।
- अनुगमन गर्न सक्ने र पृष्ठपोषण दिन सक्ने सिप भएको ।
- बार्षिक त्रैमासिक र मासिक योजना निर्माण, तालिम सहजिकरण र प्रतिबेदन लेखन तथा परियोजनाको अभिलेख चुस्त दुरुस्त राख्न सक्ने दक्षता भएको ।
- स्थानिय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने ।
- मोटर साईकल चलाउन सक्ने र सवारीचालक अनुमति पत्र प्राप्त भएको ।
मुख्य जिम्मेवारि
- कार्यालय ब्याबस्थापन तथा दैनिक प्रशासनिक कार्यहरु गर्ने ।
- फिल्ड स्तरिय समुह समुह बैठक कृषक ब्याबसाय पाठशाला तालिम तथा गोष्ठी तथा सहजीकरण गर्ने ।
- परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राबिधिक सेवा प्रदान गर्ने ।
- कृषकहरुको गुणस्तरीय कृषि सामाग्री आधुनिक प्रबिधि बित्तिय सेवामा पहुँच बृद्धीकालागी सहकारी र निजिक्षेत्रको ब्याबसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
- परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धि तथ्याङ्घ संकलन तथा अध्यावधिक गर्ने ।
- मासिक तथा आवधिक प्रतिबेदन तयार गरि सस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
- सहकारीको ब्याबसाय बिस्तारकालागि मुल्य श्रृखला पात्रहरुसंग सम्र्पक तथा समन्वय गरि बैठकहरु सञ्चालन गर्ने ।
- परियोजना सञ्चालन तथा कार्यान्वयन लागि सरोकारवाला निकायहरु संग सम्र्पक तथा समन्वय गर्ने ।
- कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिबृद्धि गर्ने ।
- समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरु तयार गरि दस्तावेजिकरण गर्न ।
सेवा सुबिधा: सस्थाको नियमानुसार हुनेछ ।
दरखास्त दिने अन्तिम मिति: २०८२/०२/१३
परिक्षाको किसिम: लिखित अन्तर्वाता र आवश्यकता अनुसार प्रयोगात्मक ।
आवश्यक कागजातहरु: (कुन पदमा आबेदन गरेकोहो सो को बिवरण समेत खुल्ने गरि निबेदन ब्यक्तिगत बिवरण (बायोडाटा) शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धीत बिषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल enprednepal22@gmail.com मार्फत वा संस्थाको कार्यालय कुश्मा नगरपालिका, हलचोक वा महाशिला गाँउपालिका वडा नं ५ लुँखु देउराली जोरकाफलमा दरखास्त बुझाउनु पर्ने छ ।
नोट: (प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) को रहने छ ।
पदपुर्ति समिति
बिकासका लागी वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल
कुश्मा नगरपालिका, हलचोक वा
महाशिला गाँउपालिका वडा नं ५ जोरकाफल पर्बत
Overview
Category | Development and Project, Development / NGO, Agriculture/Livelihood |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 21 May, 2025 |
Apply Before | 27 May, 2025 |
City | Parbat |