प्रदेश स्तरीय संवाद तालिमको अवसर

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

प्रदेश स्तरीय संवाद तालिमको अवसर

मानवअधिकार संरक्षण-प्रवर्द्धन, द्वन्द्व रुपान्तरण र समाजमा शान्ति स्थापनाका लागि लहान नगरपालिकाका केहि बौद्धिक तथा चेतनशील युवा समूहले समग्र जन-उत्थान केन्द्र (समग्र/ एपेक) को स्थापना वि. सं. २०५९  गरेको हो । विशेष गरी मानव अधिकार, सामाजिक न्याय, द्वन्द्ध रुपान्तरण र शान्ति निर्माणको वकालत गर्नको लागि समग्रले स्थानीय सरकार, नागरिक समाज र जिल्लाका अन्य सरोकारबीच छुटै पहिचान बनाउन सफल भएको छ  । समग्र जन-उत्थान केन्द्र (समग्र/ एपेक, लहान) र जी.आई.जेड.-सी.पी.एस. (नागरिक शान्ति सेवा, नेपाल) को साझेदारीमा संवादसम्बन्धि आवासीय तालिम आयोजना हुदैछ । 

संवाद दुई वा दुई भन्दा बढी व्यक्ति, समूह वा समुदायसँग कुनै विशेष सवालमा गरिने सार्थक बातचित्त हो । यसमा साझा विचारको आदान प्रदान गरी एक अर्काबीच आत्मीय सम्बन्ध स्थापित गरिन्छ । यसमा भावनात्मता, सत्यता, उदारता र  समानुभूती हुन्छ । सुरक्षित र सौहाद्रपूर्ण वातावरण, मनको कुरा बुझ्ने, सक्रिय सुनाई, स्व: विचारको निलम्वन वा त्याग, एक अर्काप्रति सम्मान र विश्वास, गोपनियता आदि संवादको लागि नभई नहुने तत्वहरू  हुन् । समाजमा भएको द्वन्द्वका सवालहरू एवं द्वन्द्व रुपान्तरण गर्ने एउटा सशक्त प्रक्रिया तथा माध्यम संवाद हो । यसले समाजमा आपसी सद्भाव, भाइचारा र शान्तिको प्रवर्द्धन गर्छ ।

Gv+D0cmLqzmPAnsAAAAAElFTkSuQmCC

उद्धेश्य: संवादसम्बन्धि अन्तर सिकाई आदान प्रदान, संवाद संस्कृतिको प्रवर्द्धन र संवादमा दक्ष प्रशिक्षकहरूको विकास गर्ने ।

अनुभव र योग्यता: शान्ति निर्माण र संवाद सहजीकरणमा रुचि राख्ने तथा अनुभव भएकाहरू । मधेश प्रदेश (स्थानीय तथा प्रदेश स्तर) मा काम गर्ने वा गर्न चाहने २० देखि ४० वर्ष उमेरका संवाद अभ्यासकर्ताहरूलाई विशेष प्राथमिकता दिइनेछ । कम्तिमा कक्षा १० अध्ययन गरको हुनु पर्नेछ ।

सहभागी संख्या: मधेश प्रदेशका प्रत्येक जिल्लाबाट कम्तिमा २ जना प्रतिनिधि हुने गरि जम्मा १८ जना (महिला र अन्य सिमान्तकृत वर्गलाई विशेष प्रथमिकता दिइने)

तालिम आयोजना हुने मिति र स्थान: ८-१२ सेप्टेम्बर २०२५, लहान, सिरहा, मधेश प्रदेश  

तालिम शुल्क: नि:शुल्क

सेवा तथा सुविधा: आयोजकले खाजा, खाना र बसाई (Twin sharing) को व्यवस्था गर्नेछ । 

नोट: सहभागीहरूको योगदानको रूपमा यातायातको आउनेजाने व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

प्रमाणीकरण प्रक्रिया: आयोजकले तालिमको प्रमाणीकरण प्रक्रियाको लागि विभिन्न मूल्याङ्कनहरू जस्तै: ज्ञानमा आधारित मूल्याङ्कन, सीपमा आधारित मूल्याङ्कन, स्व: मूल्याङ्कनहरू लिनेछ । मूल्यांकनपछि प्रमाणपत्र दिइनेछ ।

आवेदन दिने अन्तिम मिति: ५ बजे, १७ अगस्ट २०२५

आवेदन दिने तरिका: इमेल गर्दा विषयमा Dialogue Training लेखेर यो प्रशिक्षणमा सहभागीको उत्प्रेरणा पत्र (motivation letter) र शान्ति निर्माणमा केन्द्रित अनुभव समावेश भएको आफ्नो छोटो बायोडाटा vacancy.samagra@gmail.com मा पठाउनुहोला ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 25 Jul, 2025
Apply Before 17 Aug, 2025
City Lahan, Siraha