Pre-cast prestressed boundary wall का लागि शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना

Mahuli Community Development Center (MCDC)

महुली सामुदायिक विकास केन्द्र (MCDC) वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विकास साझेदार र सरकारी संगठनहरूसँग समन्वय गर्दै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।

Details / requirements:

Pre-cast prestressed boundary wall का लागि शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/१२/०३

बोलपत्र नं: ०१/२०८२/०८३

महुली सामुदायिक विकास केन्द्र (MCDC) वि. सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ । हाल BMZ/VCA/WHH को साझेदारीमा MCDC द्वारा सञ्चालित Up-scaling WASH systems strengthening approach in the Terai Region of Nepal परियोजना अन्तर्गत अग्निसाइर कृष्णासवरन गाउँपालिका वार्ड न ४ स्थित विशाल चोकमा दिशाजन्य लेदो व्यवस्थापन प्रसोधन केन्द्र निर्माण गर्नको लागि तोकिएको जग्गामा पर्खाल लाउन पर्ने आवश्यक भएकोले तोकिएको गुणस्तर र मापदण्डका सामाग्रीहरू, ढुवानी, मजदुर लगायतको सम्पूर्ण निर्माण कार्यको लागि तल उल्लेखित शर्तको अधीनमा रहने गरि आवश्यक मापदण्ड पुरा गरेका इच्छुक निर्माण व्यवसायी, फर्म वा कम्पनीले लाहाछाप सहित शिलबन्दी दरभाउ पत्र आह्वानका लागि आजको मितिले प्रथम पटक ७ दिने यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू:

१.संस्थाले उपलब्ध गराएको डिजाइन, गुणस्तर र मापदण्ड अनुसारको सामाग्रीहरू, ढुवानी, मजदुर लगायतको निर्माण सामाग्रीहरूको विवरण तथा मजदुरहरूको ज्याला लगायत निर्माण कार्यको पूर्ण सम्पादनको सम्पूर्ण जिम्मेवारी सहितको आफ्नो प्रस्तावित कर सहितको रकम तथा कार्य सम्पादन गर्न लाग्ने समय सहित उल्लेख गरी केरमेट नगरी हस्त लिखित वा कम्प्युटर प्रिन्टबाट तयार गरि पेश गर्नुपर्नेछ ।

२.पर्खाल लगाउने कार्यमा खटाएका कामदार, औजार तथा उपकरणको दुर्घटना बिमा इच्छुक निर्माण व्यवसायी, फर्म वा कम्पनी स्वयम्‌ले गर्नुपर्नेछ ।

३.दरभाउ पत्रदाताले अनिवार्य रुपमा निम्न कागजात सहित दरभाउ पत्र  पेश गर्नुपर्नेछ ।

  • फर्म / व्यवसाय / कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, यदि फर्म नवीकरण गर्नुपर्ने प्रकृतिको भए नवीकरण पत्रको प्रतिलिपि 
  • मूल्य अभिवृद्धि कर (VAT) को प्रमाण पत्र 
  • २०८१/८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
  • संस्थाले उपलब्ध गराएको स्वघोषणा फारम सम्बन्धित कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपि 

४. दरभाउ पत्रमा बुन्दा न. ३ मा उल्लेखित सबै आवश्यक कागजात सहित कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा बाहिर पट्टि प्रेषक को नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । अपुरो कागजातहरू भएको दरभाउ पत्र प्रतिस्पर्धामा समावेश गरिने छैन ।

५. ईमेल मार्फत दरभाउ पत्र पेश गर्ने प्रेषकले आफ्नो फाइललाई सुरक्षित पासवर्ड राखी पठाउनुपर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

६. दरभाउ पत्र  पेश गर्ने समायावधि मितिः २०८२/१२/०३ देखि २०८२/१२/०९ गते सोमबार दिउँसो ४:०० बजे सम्म रहनेछ। दरभाउ पत्र  दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलि पल्ट कार्यालय समय भित्र पेश गरेको हुनुपर्नेछ ।

७. दरभाउ पत्र  संस्थाको खरिद समिति, संस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत दरभाउ पत्र प्रेषकको रोहवरमा मिति  २०८२/१२/१० गते मंगलबार बिहान ११:०० बजे खोलिनेछ । यदि दरभाउ पत्र प्रेषक उपस्थित हुन नसकेको खण्डमा प्रेषकको रोहवरमा online मार्फत समेत दरभाउ पत्र खोल्न सकिनेछ । दरभाउ पत्र दाताहरू उपस्थित नभएमा पनि दरभाउ पत्र  खोल्न बाधा पर्ने छैन ।

८. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा दरभाउ पत्र  प्राप्त नभएमा, सम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट खरिद गर्न बाध्य हुने छैन ।

९. कम मुल्य भएको तथा कार्य अनुभवको आधारमा तोकेको मापदण्ड पुरा गर्ने गरी तोकिएको समयमा कार्य सम्पादन गर्ने निर्माण व्यवसायी, फर्म वा कम्पनीलाई छनौट गर्ने तथा छनौट भएको निर्माण व्यवसायी, फर्म वा कम्पनीसँग सम्झौता पत्रमा उल्लेख हुने आधारमा भुक्तानी प्रक्रिया हुनेछ ।

१०. अनुसुचीहरू

अनुसुची १: प्रस्तावित पर्खालको डिजाइन Annex 1_Drawing_FSTP_wall

अनुसुची २: दरभाउ पत्र फारम (कार्य विवरण र विशिष्टिकरण सहित) Annex 2_RFQ_Precasted Wall

अनुसुची ३: स्वघोषणा फारम Annex 3_Supplier Declaration Form

नोटः दरभाउ पत्र माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ । दरभाउ पत्र सम्बन्धि विस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यलयमा वा प्रधान कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

Annex 1_Drawing_FSTP_wall

Annex 2_RFQ_Precasted Wall

Annex 3_Supplier Declaration Form

विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना

महुली सामुदायिक विकास केन्द्र (MCDC)

परियोजना कार्यालय, हिमालय टोल, राजविराज, सप्तरी

सम्पर्क नं: ०३१–५३०२०८

Email-ID: mcdc.wash@gmail.com,

Website: www.mcdc.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 17 Mar, 2026
Apply Before 23 Mar, 2026
City Saptari