प्रशोधन केन्द्र व्यवस्थापक सह सहकारी व्यवस्थापक
Details / requirements:
जन कल्याण युवा समिति
गढीमाई नगरपालिका १, समनपुर, रौतहट
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०८२/१२/१९ गते
हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जनकल्याण यूवा समिती रौतहटको सहजिकरण र यस श्री लाली गुराँस समाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. गढीमाई नगरपालिका, समनपुर, रौतहटको सहकार्यमा संचालित तरकारी मूल्य श्रृखंला कार्यक्रम” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।
क. पदको नामः प्रशोधन केन्द्र व्यवस्थापक सह सहकारी व्यवस्थापक
माग संख्या: १
कार्यक्षेत्रः रोतहट जिल्लाको गढीमाई, गुजरा,वृन्दावन, माधवनारायण नगरपालिका ।(सहकारी तथा तरकारी संक्लन केन्द्र ।
मुख्य भूमिका र जिम्मेवारीहरू
- सहकारीको दोहोरो लेखा प्रणालि अनुसार लेखा व्यवस्थापन गर्ने ।
- किसानहरूबाट उत्पादित तरकारीको सङ्कलन सहजीकरण गरी समयमै बिक्री सुनिश्चित गर्न व्यापारी, थोक बिक्रेता र खुद्रा विक्रेताहरूसँग समन्वय गर्ने ।
- सहकारीको तरकारी व्यवसायको आर्थिक अभिलेख सहकारीको प्रणाली अनुरुप पारदर्शी रुपमा राखि नियमित रुपमा सहकारी संचालक समिति तथा बजार व्यवस्थापन समितिमा जानकारी गराउने ।
- बजार सुचनाका आधारमा बजार माग अनुसारको उत्पादन, उत्पादन उपरान्तको व्यवस्थापनमा सहकारी सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने ।
- दैनिक बजार सुचना सङ्कलन गरी किसान तहमा बजार सुचना प्रवाह गर्न सहजिकरण गर्ने ।
- सहकारी तथा प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरू पहिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
- परियोना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजार संग सम्बन्ध स्थापित गर्ने ।
- सहकारी तथा प्रशोधनकेन्द्रको व्यवस्थापन, संचालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
- सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृख्लाका पात्रहरू संग सम्पर्क तथा समन्वय गरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
- सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित उत्पादनहरूको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
- तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
- स्थानीय सरकार तथा अन्य सरोकारबालाहरू संग सम्पर्क तथा समन्वय गर्ने ।
- मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
- लेनदेन, बैठक र तालिमहरूको उचित रेकर्ड राख्ने।
- मासिक प्रगति प्रतिवेदन तयार गर्नु र सहकारी/परियोजना टोलीलाई बुझाउने।
- सहकारी सदस्यहरूको बचत संक्लनमा सहजीकरण गर्ने
- उचित लेखा, बहीखाता र वित्तीय प्रतिवेदन सुनिश्चित गर्ने ।
- वित्तीय दिगोपना कायम राख्न आम्दानी, खर्च र नगद प्रवाहको निगरानी गर्ने।
- लेखापरीक्षणलाई कार्यमा सहयोग गर्ने र वित्तीय नियमहरूको पालना सुनिश्चित गर्ने ।
न्युनतम योग्यता र कार्यानुभवः
- व्यवस्थापनमा प्रविणता प्रमाण पत्र वा सम्बन्धित क्षेत्रमा न्यूनतम मध्यवर्ती स्तर (१०+२) र कम्तीमा ५ बर्ष वा स्नातक र कम्तीमा २ बष अनुकार्यानुभव भएको ।
- सहकारीको दोहोरो लेखा प्रणाली अनुसार लेखा राख्न सक्ने ।
- तरकारी उत्पादन, बजारीकरण, र मूल्य शृंखलाको अनुभवलाई प्राथमिकता दिइनेछ
- बलियो सञ्चार र समन्वय सीप भएको
- आधारभूत कम्प्युटर ज्ञान (एमएस अफिस, एक्सेल) र रेकर्ड राख्ने क्षमता भएको ।
- ग्रामिण क्षेत्रमा काम गर्न सक्ने तथा नियमित फिल्डभिजित तथा यात्रा गर्नसक्ने ।
- २.सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ
- ३. दरखास्त दिने अन्तिम मिति: २०८२/१२/२५ गते कार्यालय समय भित्र ।
- ४. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
- ५. आवश्यक कागजातहरू: निवेदन, व्यक्तिगतविवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित विषयको कार्यानुभव प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी jankalyanys@gmail.com मा इमेल वा श्री जन कल्याण युवा समिति,चन्द्रपुर, देउराली चौक, रौतहटमा दरखास्त दिने सकिने छ ।
- थप जानकारीका लागि सम्पर्क नं.९८६५४७२२४५,९८०७८०१२४४
Overview
| Category | Accounting and Finance, Development Project |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 01 Apr, 2026 |
| Apply Before | 08 Apr, 2026 |
| City | Rautahat |