परामर्शकर्ता सेवा खरिद सम्बन्धि कोटेशन आह्वानको सूचना
Details / requirements:
सुन्दर नेपाल संस्था, सुर्खेत
परामर्शकर्ता सेवा खरिद सम्बन्धि कोटेशन आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: ११ वैशाख २०८३, (24th April 2026)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (MCW)/POSHAN परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका परामर्स दाताको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरू वा परामर्शदाता फर्महरूबाट कोटेशन आह्वान गरिएको छ ।
| क्र.स. | पद | संख्या योग्यता | विषय | क्षेत्र तथा अनुभव |
| १ | परामर्स दाता | १ | पोषण, जन स्वास्थ्य, कृषि, नीति तथा शासन, विकास अध्ययन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर डिग्री |
|
नोट: उल्लेखित पदको लागि बिस्तृत विवरण (TERMS OF REFERENCE) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np. मा notices हेर्न सकिन्छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
- आवेदनपत्र
- वित्तीय प्रस्ताव
- व्यक्तिगत वायोडाटा (CV/Resume)
- शैक्षिक योग्यता तथा अनुभव प्रमाणपत्र
- भ्याट/प्यान प्रमाणपत्र
Click Here for detailed ToR
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: १७ वैशाख २०८३ (30 April, 2026) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०
वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Apr, 2026 |
| Apply Before | 30 Apr, 2026 |
| City | Surkhet |