पँहुच परियोजनाको उपलब्धिहरू तथा प्रभावको श्रव्यदृश्य (भिडियो) सामग्राी निर्माण सम्बन्धी सेवाका लागि सन्दर्भका शर्तहरू
Details / requirements:
पँहुच परियोजनाको उपलब्धिहरू तथा प्रभावको श्रव्यदृश्य (भिडियो) सामग्राी निर्माण सम्बन्धी सेवाका
लागि
सन्दर्भका शर्तहरू (Terms of Reference)
क. पृष्ठभुमि
पहाडी क्षेत्र विकास अभियान जाजरकोट विक्रम संवत् २०५५ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता भएको गैह्रनाफामूलक, राजनीतिक र धार्मिक हिसाबले तटस्थ स्थानिय गैह्रसरकारी संस्था हो । “विकासका लागि सहकार्य” यसको मूख्य नारा हो । विकासका लागि समुदाय परिचालन गर्नु यस संस्थाको मुख्य कार्य हो । जाजरकोट सहित कणार्ली प्रदेशका अन्य केहि जिल्लाहरूमा पनि यस संस्थाले काम गर्दै आईरहेकोछ । स्थानिय र प्रदेश स्तरिय नागरिक समाज संजाल, संघसस्था, समूह, सरोकारवालाहरू र स्थानिय सरकारहरूसँग निकट समन्वय तथा सहकार्य गर्दै विभिन्न हिसाबले पछाडि पारिएका व्यक्ति तथा समुदायका लागि आवाज बन्ने काम गरिरहेकोछ । खासगरि दलित, जनजाति, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि जिल्लामा यस संस्थाले अगुवा संस्थाको रुपमा काम गरिराखेकोछ । सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, बाल विकास, बाल सहभागिता, बाल संरक्षण, महिला तथा बालिका शसक्तिकरण, सुशासन, जनचेतनाको क्षेत्रमा आफ्ना कार्यक्रम तथा परियोजनाहरू कार्यान्वयन गरिएको छ ।
ख. सन्दर्भ तथा औचित्य
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सन् २०२२ जनवरी देखि बाल संवेदनशिल सामाजिक सुरक्षा कार्यक्रम जाजरकोट जिल्लाको दुई स्थानिय तह शिवालय गाउँपालिका र भेरी नगरपालिकामा कार्यान्वय भईरहेको छ जुन नोभेम्बर अन्तिम २०२५ मा सम्पन्न हुदैछ । स्थानिय भाषामा यस परियोजनालाई पँहुच परियोजना भन्ने गरिएकोछ । नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन प्रणाली सबलीकरणको लागि स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्ने, सामाजिक सुरक्षा भत्ताका लागि योग्य तर विविध कारणले यसबाट बञ्चित व्यक्तिहरूको पहिचान गरि उनीहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्तिको लागि आवश्यक दर्ता प्रकृयामा ल्याउन आवश्यक सहयोग र सहजीकरण गर्ने, बाल पोषण भत्ता प्राप्त गर्ने बालबालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालनका लागि स्थानिय सरकारसँग समन्वय तथा सहकार्य गर्ने,र, जोखिम तथा संकटासन्नतामा रहेका नागरिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न स्थानीय सरकारको नीति निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने गरि यस परियोजनाले विभिन्न खालका कृयाकलाप सम्पन्न गरेकोछ । सम्बन्धित स्थानिय सरकारसँगको समन्वय तथा सहकार्यमा अहिलेसम्म ११८२ जना प्रमुख हेरचाहकर्ताहरूले अभिभावक सचेतना कार्यक्रममा भाग लिई बालबालिकालाई हुर्काईबढाई गर्ने र सिकाउने हानिकारक परम्परागता तौरतरिकाहरूमा परिवतर्न गरि मायालु, सहयोगी र मित्रवत् तरिकाहरू अभ्यास गर्दै आफ्नो परिवार र समुदायमा नमुना अभिभावकको रुपमा भुमिका निभाई राख्नुभएको छ जस्तै नियमित आफ्नो बच्चाको तौल अनुगमन गर्ने, आवश्यकता अनुसार पोषिलो खानेकुरा खुवाउने, बजारमा उपलब्ध प्याकेटको खानेकुरा किनेर खुवाउनुको सट्टा घरमै तयार गरेको खाना खाजा खुवाउने आदि । ७२९२ जना व्यक्तिहरू विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ताको लागि दर्ता भई सामाजिक सुरक्षा भत्ता प्राप्त गरिराख्नुभएको छ जसमध्ये .३७०९ जना ५ वर्षमुनिका बालबालिका र ४०८ अपांगता भएका व्यक्तिहरू रहेका छन । यसैगरि, यो परियोजना कार्यान्वयन भएका स्थानिय तह (सरकार) हरुले , सामाजिक सुरक्षा भत्ता स्थानिय सामाजिक सुरक्षा नीति समेत निमार्ण गरि कार्यान्वयन गरिरहेका छन । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि स्थानिय गुनासो सुनुवाई संयन्त्र (वडा स्तरीय)लाई कृयाशिल गराएर यस्ता समस्याहरू सम्बन्धित वडा तथा पालिका स्तरमै समाधान गर्ने, यदि वडा र पालिका स्तरमा समाधान गर्न नसकिने प्रकृतिको समस्या भएमा राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाउने जस्ता काम पनि स्थानिय सरकारहरूले गरिरहेका छन ।
सम्बन्धित स्थानिय सरकारसँग समन्वय र सहकार्य गर्दै परियोजनाले सञ्चालन गरेका विभिन्न कृयाकलापहरूको कारण बालबालिका स्वयम, सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राही व्यक्ति, परिवार र समुदायमा परेको प्रभाव र मूख्य उपलब्धीहरू भिडियोमा कैद गरि विभिन्न माध्यमको प्रयोग गरि सम्बन्धित सबै सरोकारवालाहरू जस्तै अरु स्थानिय सरकारहरू, प्रदेश सरकार र अन्य संघसंस्थाहरूलाई देखाउन आवश्यक देखिएकोछ ।
विस्तृक विवरणको लागि तल उल्लेखित लिङ्कमा जानुहोस्:
ToR_Video documentatiof CSSP Project_DPT
प्रस्तावना तथा आवश्यक कागजात पेश गर्ने प्रक्रिया:
प्राविधिक तथा आर्थिक प्रस्तावना खामबन्दि गरि वा ईमेल मार्फत पहाडी क्षेत्र विकास अभियान जाजरकोटको कार्यालयमा बुझाउनुपर्नेछ । त्यसका लागि कार्यालयको ठेगाना तल उल्लेख गरिएकोछ ।
आपूर्ति विभाग, पहाडि क्षेत्र विकास अभियान
भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोट
ईमेल ठेगाना: hrdcprocument@gmail.com
फोन नम्बर: ०८९ ४३००८९
प्रस्तावना बुझाउने अन्तिम मिति: २० अगष्ट २०२५
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Video Production |
Position Type | Contract |
Posted Date | 14 Aug, 2025 |
Apply Before | 20 Aug, 2025 |
City | Jajarkot |