मील तथा डकुमेन्टेशन अधिकृत (MEAL and Doc. Officer)

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८२/०५/०६

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आव्हान गरिन्छ ।

१.) पद: मील तथा डकुमेन्टेशन अधिकृत (MEAL and Doc. Officer)-१ जना (वि. नं: ७-०८२/०८३)

न्यूनतम् योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थावाट समाजशास्त्र विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको,
  • MEAL सम्बन्धी कार्यमा कम्तीमा २ वर्षको अनुभव, विशेष गरी बाल अधिकार, बाल संरक्षण, शिक्षा वा बालमैत्री परियोजनामा काम गरेको अनुभव भएको,
  • डाटा संकलन, विश्लेषण, प्रतिवेदन लेखन र दस्तावेजिकरण सम्बन्धी कार्यमा अनुभवी भएको,
  • Log-frame, Quality Benchmark, Indicators Tracking, Survey Tools लगायतका Tools को प्रयोगमा दक्षता भएको,
  • MS-Office र KoboToolbox जस्ता उपकरणमार्फत डाटा विश्लेषण र प्रस्तुतिकरण गर्ने क्षमता भएको,
  • सफलताको कथा, सिकाई र सृजनात्मक प्रस्तुतीकरण तयार पार्ने क्षमतामा निपूण भएको,
  • उत्तरदायित्व र प्रतिकृया संयन्त्र (Feedback and Response Mechanism) सम्बन्धी ज्ञान भएको,
  • बाल संरक्षण-संवेदनशील कार्यक्रम र बाल सुरक्षासम्बन्धी नीतिहरूको राम्रो समझ भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पदको विस्तृत कार्य-विवरण (JD): मील तथा डकुमेन्टेशन अधिकृत (MEAL & Doc. Officer)

दरखास्त दिने अन्तिम मिति: २०८२।०५।१० गते सम्म ।

आवेदनका लागि: https://forms.gle/RCRpMYRb6gkkR2xf6 (लिंक मार्फत)


Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Bachelor's degree in a related field, Bachelor’s Degree in Sociology
Posted Date 24 Aug, 2025
Apply Before 26 Aug, 2025
City Mahottari