मौजुदा सूची (Standing List) मा दर्ता तथा अद्यावधिक हुने सम्बन्धी सूचना !
Details / requirements:
जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोना
Local Adaptation to Climate Change (LACC) Project
परियोजना सहयोग एकाइ, वीरेन्द्रनगर सुर्खेत ।
मौजुदा सूची (Standing List) मा दर्ता तथा अद्यावधिक हुने सम्बन्धी सूचना !
नेपाल सरकार, फिन्ल्यान्ड सरकार र युरोपियन युनियनको सह–लगानीमा सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजनाको परियोजना सहयोग इकाइ, सुर्खेत तथा परियोजनाअन्तर्गत आवश्यक पर्ने विभिन्न मालसामान, उपकरण तथा सेवाहरू खरिद गर्नका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ क. तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम १८ बमोजिम मौजुदा सूची (Standing List) तयार तथा अद्यावधिक गर्नुपर्ने भएकाले सम्बन्धित योग्यता पुगेका इच्छुक आपूर्तिकर्ता, सेवा प्रदायक, फर्म/कम्पनी तथा संस्थाहरूबाट तोकिएको ढाँचामा निवेदन माग गरिन्छ।
क. आवेदन पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
१. फर्म/संस्था/कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि।
२. सम्बन्धित आर्थिक वर्षका लागि नवीकरण प्रमाणपत्रको प्रतिलिपि।
३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि।
४. सम्बन्धित आर्थिक वर्षको मान्य कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
५. सम्बन्धित वस्तु/सेवा आपूर्ति वा सेवा प्रदान गर्न आवश्यक पर्ने इजाजतपत्र/अनुमतिपत्र, लागू हुने हकमा।
६. फर्म/कम्पनी/संस्थाको नाम, ठेगाना तथा सम्पर्क विवरण र आधिकारिक व्यक्तिको नाम।
७. आपूर्ति/सेवा प्रदान गर्न चाहेको वस्तु वा सेवाको स्पष्ट तथा विस्तृत विवरण र आपूर्ति/सेवा प्रदान गर्न सक्ने क्षमता सम्बन्धी विवरण।
८. सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची–२क. बमोजिमको ढाँचामा विधिवत् भरिएको आवेदन।
ख. परियोजनाका लागि आवश्यक पर्ने मालसामान, उपकरण तथा सेवाहरू
१. स्टेशनरी तथा कार्यालय प्रयोजनका अन्य सामग्रीहरू।
२. विद्युतीय सामग्री, जेनेरेटर तथा इन्भर्टरको आपूर्ति, जडान तथा मर्मत सेवा।
३. फर्निचर तथा फर्निसिङ सामग्रीको आपूर्ति तथा जडान।
४. छपाइ तथा प्रचार–प्रसार सामग्री (फ्लेक्स, ब्यानर, ब्रोसर, परिचयपत्र आदि)।
५. कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर तथा सम्बन्धित उपकरणहरूको आपूर्ति।
६. सुरक्षा गार्ड तथा सरसफाइ कर्मचारी आपूर्ति सेवा।
७. सवारी साधन आपूर्ति।
८. सवारी साधनको स्पेयर पार्ट्स खरिद तथा मर्मतसम्भार ।
९. सवारी साधन भाडामा उपलब्ध गराउने सेवा।
१०. हवाई टिकट बुकिङ/टिकटिङ सेवा।
११. इन्धन आपूर्ति / इन्धन आपूर्ति सेवा
१२. एयर कन्डिसनर (AC) तथा रेफ्रिजेरेटरको आपूर्ति, जडान तथा मर्मत सेवा।
१३. इन्टरकम, नेटवर्किङ तथा इन्टरनेट सेवा।
१४. होटल आवास तथा बैठक/भोज (Banquet) सम्बन्धी सेवा।
ग. आवेदन पेश गर्ने स्थान तथा समयसीमा
| विवरण | व्यहोरा |
| सूचना प्रकाशित मिति | २०८३ साल असोज १५ गते (बिहीबार) |
| निवेदन पेश गर्ने अन्तिम मिति | २०८३ साल असोज ३० गते (शुक्रबार), कार्यालय समयभित्र |
| मुख्य आवेदन पेश गर्ने स्थान | जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रम (LACC Project), परियोजना सहयोग एकाइ, (PSU) वीरेन्द्रनगर–८, खजुरा, सुर्खेत ०८३-५९०४६८ |
| इमेल | procurement@laccp.org.np |
| परियोजना सम्पर्क कार्यालय, काठ्माण्डौं | डी.एम.आई. प्रा. लि., शान्तिनगर, काठमाडौं ९७४६६६५२८६ |
| इमेल | dmi.kathmandu@gmail.com |
नोट: सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम मौजुदा सूची तयार/अद्यावधिक गर्ने प्रयोजनका लागि सूचना प्रकाशित भएको मितिले कम्तीमा १५ दिनको अवधि प्रदान गरिएको छ। आवेदन तोकिएको ढाँचा र तोकिएको समयसीमाभित्र कार्यालय समयभित्र दर्ता गरिसक्नुपर्नेछ वा सोही समयसीमाभित्र माथि “ग’ मा उल्लेखित email मार्फत सही गरी छाप लगाइ सम्पुर्ण कागजात स्केन गरी PDF फाइल बनाएर समेत पठाउन सकिनेछ।
घ. विशेष शर्तहरू
१. तोकिएको समयसीमाभित्र प्राप्त भएका तथा आवश्यक कागजात पूरा भएका आवेदनहरू मात्र प्रारम्भिक रूपमा विचार गरिनेछ।
२. अधुरो, अस्पष्ट, झुट्टा वा गलत विवरण/कागजात पेश भएको पाइएमा आवेदन प्रचलित कानूनबमोजिम अस्वीकृत गर्न सकिनेछ।
३. आवेदकले आफूले दर्ता हुन चाहेको वस्तु वा सेवा समूह स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ र आवश्यक परेमा सम्बन्धित समूहका लागि छुट्टाछुट्टै आवेदन पेश गर्नुपर्नेछ।
४. योग्यता पुगेका आवेदकहरूलाई प्रचलित कानून तथा सार्वजनिक खरिद नियमावलीबमोजिम मौजुदा सूचीमा समावेश/अद्यावधिक गरिनेछ।
५. मौजुदा सूचीमा समावेश भएको मात्र आधारमा कुनै खरिद कार्यमा सम्झौता वा खरिद आदेश प्राप्त गर्ने अधिकार सिर्जना हुने छैन। खरिद कार्य सम्बन्धित स्वीकृत खरिद योजना, लागत अनुमान, बजेट तथा प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम गरिनेछ।
६. मौजुदा सूचीमा समावेश नभएका व्यक्ति/फर्म/कम्पनी/संस्थालाई प्रचलित कानूनबमोजिम प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनबाट वञ्चित गरिने छैन।
७. मौजुदा सूची प्रत्येक आर्थिक वर्षमा प्रचलित कानूनबमोजिम अद्यावधिक गरिनेछ।
८. परियोजनालाई आवश्यक पर्ने मालसामान तथा सेवाको प्रकृति, परिमाण वा आवश्यकता समयानुसार परिवर्तन हुन सक्नेछ।
९. यस सूचनामा उल्लेख नभएका विषयहरूमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून/निर्देशिकाको व्यवस्था लागू हुनेछ।
थप जानकारीका लागि माथि उल्लेखित कार्यालय/सम्पर्क माध्यममा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।
कार्यालय/परियोजना प्रमुख
Local Adaptation to Climate Change (LACC) Project
परियोजना सहयोग एकाइ, (PSU) सुर्खेत
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 01 Oct, 2026 |
| Apply Before | 15 Oct, 2026 |
| City | Surkhet |