कोटेशन आह्वान: डेस्क, बेन्च तथा काठजन्य सामग्री खरिद सम्बन्धी
Details / requirements:
कोटेशन आह्वान
डेस्क, बेन्च तथा काठजन्य सामग्री खरिद सम्बन्धी
सूचना प्रकाशन मिति: ३० सेप्टेम्बर २०२६ (१४/०६/२०८३)
कोटेशन पेश गर्ने अन्तिम मिति: ६ अक्टोबर २०२६ (२०/०६/२०८३), बेलुका ५:०० बजेसम्म
परियोजना: Learn to Lead: Nurturing Young Minds in Mugu Project (NPL-1121-25)
सामग्री आपूर्ति गर्ने स्थान: छायानाथ रारा नगरपालिका, गमगढी, मुगु
कर्णाली सामुदायिक विकास केन्द्र (KCDC) द्वारा छायानाथ रारा नगरपालिका तथा खत्याड गाउँपालिका, मुगुमा सञ्चालित Learn to Lead: Nurturing Young Minds in Mugu Project अन्तर्गत डेस्क, बेन्च तथा काठजन्य सामग्री आपूर्ति तथा ढुवानीका लागि योग्य, दर्ता भएका तथा अनुभवी विक्रेता/आपूर्तिकर्ताहरूबाट कोटेशन आह्वान गरिन्छ ।
इच्छुक विक्रेता/आपूर्तिकर्ताहरूले KCDC ले उपलब्ध गराएको निर्धारित RFQ ढाँचाअनुसार आफ्नो कोटेशन पेश गर्नुपर्नेछ। कोटेशनमा लागू हुने सम्पूर्ण कर, ढुवानी खर्च, लोडिङ/अनलोडिङ खर्च, डेलिभरी खर्च तथा आपूर्ति स्थलसम्म लाग्ने अन्य सबै सम्बन्धित खर्च समावेश भएको हुनुपर्नेछ, अन्यथा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
प्याकेजहरू:
कोटेशन पेश गर्ने प्रक्रिया
- पूर्ण रूपमा भरिएको RFQ Excel Sheet तथा आवश्यक कागजातहरू खामबन्दी गरी KCDC कार्यालय, गमगढी, मुगुमा प्रत्यक्ष रूपमा वा procurementkcdc@gmail.com मा इमेलमार्फत पेश गर्न सकिनेछ।
- इमेलमार्फत पेश गर्दा RFQ Excel Sheet Password-protected अवस्थामा पठाउनुपर्नेछ।
- विक्रेता/आपूर्तिकर्ताले सोही इमेलमा Password उल्लेख गर्न पाउने छैनन्। कोटेशन खोल्ने वा आवश्यक प्रमाणीकरण गर्ने क्रममा KCDC ले माग गरेपछि मात्र Password छुट्टै उपलब्ध गराउनुपर्नेछ।
पेश गर्नुपर्ने कागजातहरू
विक्रेता/आपूर्तिकर्ताले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
१. Password-protected अवस्थामा पूर्ण रूपमा भरिएको RFQ Excel Sheet (इमेलमार्फत पेश गर्ने भएमा)
२. फर्म/कम्पनी दर्ता प्रमाणपत्र
३. VAT दर्ता प्रमाणपत्र
४. चालु आर्थिक वर्षको पछिल्लो कर चुक्ता प्रमाणपत्र (आ.व. २०८२/०८३ अनिवार्य)
५. हस्ताक्षर तथा छापसहितको Supplier Declaration Form
६. सामग्रीको गुणस्तर, Brand/Model, Warranty/Guarantee, Delivery Period तथा Payment Terms सम्बन्धी आवश्यक कागजात, लागू भएमा
७. सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बर
सामान्य शर्त तथा नियमहरू
१. कोटेशन तोकिएको अन्तिम मितिभित्र पेश गरिसक्नुपर्नेछ। ढिलो गरी प्राप्त भएका कोटेशनहरू स्वीकार गरिने छैनन्।
२. पेश गरिएको दररेट सूचना प्रकाशन भएको मितिले १ महिनासम्म मान्य हुनुपर्नेछ।
३. विक्रेता/आपूर्तिकर्ताले RFQ Excel Sheet मा उपलब्ध गराइने Brand/Model, Unit Rate, लागू कर, ढुवानी तथा अन्य शुल्क र कुल रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
४. आपूर्ति गरिने सम्पूर्ण सामग्री RFQ मा उल्लेखित प्राविधिक विवरण तथा आवश्यक गुणस्तरअनुरूप हुनुपर्नेछ।
५. छनोट भएको विक्रेता/आपूर्तिकर्ताले सामग्रीहरू आफ्नै खर्चमा डेस्क तथा बेन्च श्री महादेव माध्यमिक विद्यालय, ह्याङ्लु, मुगुमा तथा अन्य काठजन्य सामग्रीहरू लोकप्रिया माध्यमिक विद्यालय, गम्था, जनजागरण माध्यमिक विद्यालय, सेरी र श्री महादेव माध्यमिक विद्यालय, ह्याङ्लु, मुगुमा आपूर्ति तथा ढुवानी गर्नुपर्नेछ।
६. अपूर्ण, हस्ताक्षर नभएको, छाप नभएको वा तोकिएको प्रक्रियाविपरीत पेश गरिएको कोटेशन अस्वीकृत गर्न सकिनेछ।
७. KCDC ले कुनै कारण उल्लेख नगरी कुनै एक वा सबै कोटेशन पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ।
८. छनोटको आधार न्यूनतम दर मात्र नभई गुणस्तर, प्राविधिक विवरणसँगको अनुरूपता, आपूर्ति अवधि, आपूर्तिकर्ताको योग्यता तथा पेश गरिएका कागजातहरूको पूर्णता समेतलाई विचार गरिनेछ।
९. विक्रेता/आपूर्तिकर्ताले प्रिन्टेड मूल्यमा प्रदान गरिएको Discount (%) स्पष्ट रूपमा खुलाउनुपर्नेछ। सामान्य खुद्रा छुट (Normal Retail Discount) मात्र उल्लेख गर्न पर्याप्त मानिने छैन।
१०. विक्रेता/आपूर्तिकर्ताले RFQ मा आफ्नो दररेट हातले लेखी (Handwritten) भर्नुपर्नेछ। RFQ फाराममा दररेट टाइप गरी वा विद्युतीय रूपमा प्रविष्ट गर्न पाइने छैन।
LINK:
महत्त्वपूर्ण सूचना
केवल VAT मा दर्ता भएका फर्म/संस्थाहरू मात्र यस कोटेशन प्रक्रियामा सहभागी हुन योग्य हुनेछन्।
कुनै जानकारी वा स्पष्टीकरण आवश्यक भएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ :
सम्पर्क: ०८७-४६०२४४, ९८५८३२२९३४
कोटेशन फाराम कार्यालयबाट भौतिक रूपमा प्राप्त गर्न सकिनेछ। साथै, KCDC को आधिकारिक इमेल procurementkcdc@gmail.com वा संस्थाको वेबसाइट www.kcdcmugu.org.np बाट समेत प्राप्त गर्न सकिनेछ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 01 Oct, 2026 |
| Apply Before | 06 Oct, 2026 |
| City | Mugu |