लेखा परिक्षणको लागि आशय पत्र
Details / requirements:
विषयः लेखा परिक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मितिः २०८२/०३/२३
दिब्य विकास स्रोत केन्द्र (DDRC) पर्सा वि.सं. २०५० मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो। यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागिता मूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ ।
दिब्य विकास स्रोत केन्द्र (DDRC) पर्साद्वारा २०८१ श्रावण १ गते देखि २०८२ अषाढ मसान्त सम्मका लागि एक आ.ब.को संस्थागत तथा संस्थाद्वारा सञ्चालित विभिन्न परीयोजना अन्तरगत लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।
आवस्यक कागजातहरू
- नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू
- स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
- कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (२०८०/०८१)
शर्तहरू
- अडीट गर्नको लागि दिब्य विकास स्रोत केन्द्र (DDRC) पर्सा वीरगंज श्रीपुरको कार्यालयमा भौतिक रुपमा उपस्थित भइ गर्नुपर्नेछ ।
- Proposal यस संस्थाले उपलब्ध गराएको फाराममा भरी कार्यालय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहित इमेल मार्फत ddrc.procurement@gmail.com वा दिब्य विकास स्रोत केन्द्र पर्साको कार्यालय वीरगंजमा दर्ता गराई सक्नु पर्नेछ । Proposal दरभाउ पत्र निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
- Proposal मा यातायात खर्च, खाना तथा होटल वास सहित कुल लागत पेश गर्नुपर्ने छ ।
- आशय पत्र मा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन।
- आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थालाई हुनेछ ।
- आशय पत्र दाताले बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।
- दरखास्त दिने अन्तिम मितिः २०८२/०४/५ गते साँझ ५։०० बजे सम्म ।
Links:
Consultancy-Proposal-Form-Audit
TOR-for-External-Audit (2081-82)
(आशय पत्र इमेल वा भौतिक रुपमा दर्ता गराउन सक्ने छ)
दिब्य विकास स्रोत केन्द्र , वीरगंज महानगरपालिका–११, श्रीपुर, पर्सा
सम्पर्क फोन ०५१(५३४०५०, ९८४५२६४९४६
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Auditing |
Position Type | Contract |
Posted Date | 07 Jul, 2025 |
Apply Before | 21 Jul, 2025 |
City | Parsa |