कृषियन्त्रतथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
Sana Krisak Krishi Sahakari Santha Ltd, Dhamaura, Balwa Muncipalti-11, Mahottari, Madhesh Province, Nepal, is a community-driven organization dedicated to advancing agricultural productivity and enterprise development. Governed by a strong leadership structure, with policies in place to ensure transparency and efficiency, the cooperative focuses on agri-production, value chain enhancement, and enterprise support. It actively promotes local employment through soft loans and enterprise financing. Notably, 90% of its members are women, and the institution is proudly led by a woman, making it a powerful model of inclusive, women-led development that uplifts both its members and the broader community.
Details / requirements:
साना किसान कृषि सहकारी संस्था लि. धमौरा
बलवा न.पा.– ११, (रौजा) महोत्तरी
कृषियन्त्रतथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
शिलबन्दी दरभाउपत्र नं. ०१–२०८२ ∕ २०८३
दोस्रो पटक सूचना प्रकाशित भएको मिति: २०८२∕०५∕२९
साना किसान कृषि सहकारी संस्था लि. धमौरा, बलवा न.पा.–११ रौजा, महोत्तरीको GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागीयस सहकारी संस्था र GGGIको संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ ।
उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागी तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागी सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजतप्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितीले ८ दिनभित्र वा २० ८२/६/५ भित्र तपसिलको शर्तहरुको अधिनमारही कार्यालय समयभित्र गोप्य शिलबन्दी दरभाउपेश गर्नु हुन वा ईमेल ठेगाना sfacldhamaura@gmail.com मर्फत पेशगर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित दरभाउपत्र सम्बन्धिआपुर्ति गरिने सामानको बिवरण रकागजातहरू यसै लिङ्कमा उपलब्धछः
लिङ्कः– https://drive.google.com/drive/folders/1VYzs9TOJ1ejMibffPhxsAQLyzKdqsc6I
तपसिलः–
१.ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँग उपलब्ध मेसिनरी तथा उपकरणको लागि शिलबन्दी दरभाउ पेशगर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानीगर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्रभुक्तानी गरिने छ ।
३. उपरोक्त कारोबार भदौ ७ देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वाबितरकले संस्थाको कार्यालयमा उपस्थितभई वा(माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्तगर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले ८ दिन भित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ (अन्तिमदिन बिदापर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)।
५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि(आ.व. २०८१/०८२ को करचुक्ता वा म्यादथपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दरभाउपेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्कवापतरू १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मागरि जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेशगर्नु पर्नेछ ।
७. बोलपत्र फारममा उल्लेखित मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ ।अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंकमान्यहुने छैन ।
८. कार्यालयमा प्राप्तहुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्यहुने छैन ।
९. पेश गरिएका बोलपत्रहरु मिती २०८२ असोज ७ गते सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधी अनुपस्थित भएमापनि शिलबन्दी दरभाउखोल्न कुनै बाधापर्नेछैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ ।
१०.म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाहीहुने छैन ।
११. अन्यशर्तहरु साना किसान कृषि सहकारी संस्था लि.धमौराको खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि.धमौरामा निहित रहनेछ ।
१२.बोलपत्रदाताले जम्मा प्रस्तावितकबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाम (SANA KISAN KRI. SAH. SAN. LTD. DHA. 7)मा रहेको सिधार्थ बैंक लि. रामगोपालपुरको खाता नं. ०२३१५१०४६९१ मादाखिला गरि जम्मा गरेको बैकभौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ ।
१३. थपजानकारी आवश्यक परेमा तलउल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।
बोलपत्रपेशगर्ने रखोलिने ठेगाना
सानाकिसानकृषि सहकारी संस्था लि. धमौरा
बलवा न.पा.–११ महोत्तरी, मधेशप्रदेश
सम्पर्क नं. ९८४४१९१६६७
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 14 Sep, 2025 |
Apply Before | 21 Sep, 2025 |
City | Mahottari |