कृषि यन्त्र तथा उपकरणहरु खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
Details / requirements:
महिला साना किसान कृषि सहकारी संस्था लि
मिथिला बिहारी न.पा ०७, तारापट्टी, धनुषा, नेपाल
कृषि यन्त्र तथा उपकरणहरु खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
शिलबन्दी दरभाउँ पत्र नं. ०३–२०८२/२०८३
प्रथम पटक सुचना प्रकाशित भएको मितिः२०८२/५/८
महिला साना किसान कृषि सहकारी संस्था लि, मिथिला बिहारी न.पा ०७, तारापट्टी, धनुषा, नेपाल ले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरणहरु खरिद गर्नु पर्ने छ।
उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरणहरु आपुर्तिको लागि शिलबन्दी दरभाउँ पत्र आव्हान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यलय समय भित्र गोप्य शिलबन्दी दरभाउँ पेश गर्नुहुन वा ईमेल ठेगाना mahilasanakisanmithilabihari75@gmail.com मर्फत पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
आपुर्ति गरिने सामग्रिहरुको बिवरणः–
लिङ्कः–Link यो लिङ्क भित्र गई सम्पूर्ण जानकारी लिई फारम भरी पेश गर्नुहोला।
तपसिलः–
१.माथि उल्लेखित मेसिनरी तथा उपकरणहरु एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिनेछ। ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँंग उपलब्ध मेसिनरी तथा उपकरणहरु मात्रको लागि पनि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ। गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानीगर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।
३. उपरोक्त कारोबार भदौ ९ देखि मंसिर १५,२०८२ सम्म संचालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले २१ दिनभित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउँ उल्लेखित गरि पेश गर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ)।
५. शिलबन्दी दरभाउँपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि(आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दरभाउँ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि,जम्मा गरेको भौचर शिलबन्दी दरभाउँसंग पेशगर्नु पर्नेछ ।
७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ। अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
८.कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्यहुने छैन ।
९.पेश गरिएका बोलपत्रहरु मिती २०८२ भदौ ३० गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ। तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधीअनुपस्थित भएमा पनि शिलबन्दी दरभाउँ खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउँ खोलिने छ ।
१०.म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
११.अन्य शर्तहरु महिला साना किसान कृषि सहकारी संस्था लि.को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ। निर्णयको सर्वाधिकार महिला साना किसान कृषि सहकारी संस्था लि.मा निहित रहनेछ।
१२.बोलपत्र दाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम द्यक्ष्म् सुरक्षण वापत द्यबलप न्गबचबलतभभ यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा द्यक्ष्म् सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेकोNepal Investment Mega Bank(NIMB) खाता नं. 29401050000086 मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको द्यबलप न्गबचबलतभभ पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ।
१३.थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।
नोटः सामान खरिद उप समिति तथा संचालक समितिको निर्णय नै अन्तिम निर्णय हुने छ।
बोलपत्र पेश गर्ने र खोलिने ठेगाना
महिला साना किसान कृषि सहकारी संस्था लि,
मिथिला बिहारी न.पा ०७, तारापट्टी, धनुषा, नेपाल
ईमेलः mahilasanakisanmithilabihari75@gmail.com
Mob No-9817689795
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Posted Date | 25 Aug, 2025 |
Apply Before | 14 Sep, 2025 |
City | Dhanusha |