कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

प्रथम पटक सुचना प्रकाशित मिति: १२ जुलाई २०२३ (असार २७, २०८०)

Save the Children को आर्थिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिवास, महोत्तरीले महोत्तरी जिल्लाको ५ वटा  नगरपालिका/गाउपालिकाहरु (बर्दिबास, गौशाला, भंगहा, औरही र लोहारपटी) मा Sponsorship Program (समुन्नति कार्यक्रम) तथा Child Sensitive Social Protection-CSSP (पहुँच परियोजना) को सम्झौता गरी कार्यक्रम संचालन गर्न गइरहेकोले उक्त परियोजना तथा कार्यक्रमका लागि तपसिल अनुसारको  कर्मचारीहरुको आवश्यक्ता भई तत्काल पद पुर्ति गर्नु पर्ने भएकोले माँग भए बमोजिमको योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेका  नेपाली नागरिकहरुका लागि आज मिति २०८०/०३/२७ गते यो दरखास्त आह्वान गरिन्छ ।

तपसिल

(१) पद: Project Coordinator

(२) पद: Field Officer

(३) पद: Admin & Logistics Officer

(४) पद: Finance Officer

(५) पद: MEAL (Monitoring, Evaluation, Accountability & Learning) Officer

(६) पद: Sponsorship Program Officer

(७) पद: Assistant Sponsorship Program Officer

(८) पद: Field Supervisor

(९) पद: Overseer / Sub-Engineer (Civil)

(१०) पद: Admin Logistic Assistant

(११) पद: Finance Assistant

(१२) पद: MEAL Assistant

(१३) पद: Sponsorship Program Assistant (SPA)

(१४) पद: समुदाय परिचालक (Community Mobilizer)

विस्तृत कार्य विवरण (JD) निम्न लिङ्कबाट प्राप्त गर्न सकिन्छ 

https://drive.google.com/uc?export=download&id=1-Y_mzzGcPHcfJGO2YQLhlzNLNXiJMKOz

प्रमुख जिम्मेवारी: नगरपालिका, गाउंपालिका, वडा तथा वस्ति स्तरिय लक्षीत समुह परिचालन गर्ने,  तालिम संचालन गर्ने, लक्षित समुहलाई सशक्तिकरण, नेतृत्व विकास र क्षमता अभिबृद्धिमा सहयोग प्रदान गर्ने ।  परियोजनाका अन्य कर्मचारी, स्वयंसेवकहरु तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरि समुदायस्तरमा कार्यक्रमहरु संचालन गर्ने । मासिक प्रगति बिबरण तयार गरि पेश गर्ने, सफलताको कथाहरु तयार गर्ने तथा तोकिएको अन्य सहयोग गर्ने । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य  बिबरणमा उल्लेख भए अनुसार हुनेछन् ।

बुझाउनु पर्ने कागजातहरु: आफ्नो योग्यता र माग भएको पदका लागी जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित बालबालिकाहरुसंग बालमैत्री तरिकाले काम गर्ने प्रतिबद्धता खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्पुर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रतिलिपि र माग भएका पदहरुको लागी मोटरसाईकल सवारी चालक अनुमति पत्रको प्रतिलिपि समेत ।

निवेदन बुझाउने अन्तिम मिति: बिज्ञापन प्रकाशन भएको मितिले १५ दिन भित्र अर्थात २०८० साउन १० गते साँझ ५:०० बजे सम्म कार्यालयमा वा इमेल मार्फत दरखास्त बुझाउनु पर्नेछ । संस्थाको ईमेल cdafnmahottari@gmail.com मार्फत पनि पुर्ण कागजात सहितको दरखास्त पठाउन सकिने छ । तोकिएको समय पश्चात वा अधुरो रुपमा प्राप्त हुन आएको निवेदनलाई मान्यता दिईने छैन ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता

नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निवेदनहरुको छानबिन पश्चात छोटो सूचीमा (short list) पर्न सफल उम्मेदवारहरुलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्बन्धित नगरपालिका/गाउँपालिकाका महिला, दलित, मुस्लिम तथा पिछडिएका वर्गलाई विशेष ग्राह्यता दिईने छ । कर्मचारी छनौट समितिको निर्णय अन्तिम हुनेछ ।

सम्पर्क:

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल  (CDAFN)

(कर्मचारी छनौट समिति)

बर्दिबास, महोत्तरी

मोबाईल नं. ९८४४०३००९३,

Email: cdafnmahottari@gmail.com

Overview

Category Administrative / Management, Accounting and Finance, Development and Project, Finance & Administration
Openings 43
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 12 Jul, 2023
Apply Before 26 Jul, 2023
City Mahottari, Bardibas