कर्मचारी तथा Casual Staff आवश्यकता सम्बन्धि सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

कर्मचारी तथा Casual Staff आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ साल वैशाख २९ गते, मंगलबार

बागमती सेवा समाज नेपाल (Bagmati Welfare Society Nepal) सर्लाही जिल्लामा विगत ३२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले हाल मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न १३ वटा जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बाल संरक्षण तथा महिलाको हकहित न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

वल्र्ड भिजन इन्टरनेशलनसँगको साझेदारीमा यस सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना विगत वर्ष देखि सञ्चालन गरिरहेको छ। उक्त परियोजनाको लागि कार्यालय तथा परियोजना संचालित पालिकाको लागि तपशिलमा उल्लेखित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।

पदशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरू

सामाजिक परिचालक (पैरवी र अभियान संचालन)

संख्या – १ जना

कक्षा १२ उत्तिर्ण (स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ)
  • सम्बन्धीत क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको 
  • बाल अधिकार, बाल संरक्षण, लैगिक समविकास र बालमैत्री स्थानीय शासन सम्बन्धी राम्रो ज्ञान भएको
  • समुदायमा बाल संरक्षणका लागि बहस, पैरवी र विभिन्न प्रकारका अभियानहरू संचालन एवं नेतृत्व गर्न सक्ने
  • बाल अधिकार सम्बन्धी बैठक, सचेतनामूलक गोष्ठी सहजीकरण गर्न सक्ने सीप भएको
  • स्थानीय सरोकारवालाहरू, वडा कार्यालय, गाउँपालिका, नगरपालिकासँग समन्वय एवं पैरवी गर्न सक्ने सीप भएको
  • बाल क्लव, बाल अधिकार समितिसँग समन्वयमा काम गर्न सक्ने
  • बालमैत्री अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न सक्ने
  • तथ्यांक संकलन, प्रतिवेदन लेखन गर्न सक्ने
  • कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने 
  • दुई चक्के सवारीको लाइसेन्स भएको

Casual Staff

संख्या – केही

कक्षा १२ उत्तिर्ण वा स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ

  • कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने 
  • नेपालीबाट अंग्रेजी वा अंग्रेजीबाट नेपालीमा भाषा अनुवाद गर्न सक्ने
  • CEW review गर्न सक्ने, चिठी पत्र अनुवाद गर्ने, log sheet बनाउने, फिल्डमा डकुमेन्ट पठाउने वा फिल्डबाट लिने
  • फिल्डमा भएका क्रियाकलापमा सहयोग गर्ने
  • माइक्रोसफ्ट अफिस Word, Excel चलाउन सक्ने
  • Smart Phones, MS Word, Excel, Power point and data management को दक्षता भएको
  • संचार तथा तथ्याड्ढ संकलन गर्ने सीप भएको 
  • कार्यालयको दैनिक कार्यमा सहयोग गर्न सक्ने जस्तै: डकुमेन्ट स्क्यान गर्ने, data entry आदि

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू

माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), हस्त लिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि,  तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरूको नाम सम्पर्क नम्वर र इमेल सहित आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट सम्म ।

आवेदन पेश गर्ने स्थान

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही वा

संस्थाको ईमेल ठेगाना hr@bwsn.org.np मा सबै आवेदन इमेल गर्न सकिनेछ ।

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । 

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

बागमती सेवा समाज नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै, हरिवन नगरपालिका र परियोजना संचालित स्थानीय तह क्षेत्र वा नजिकका पालिकाहरूका आवेदकहरूलाई प्राथमिकता दिइनेछ ।

बेटी पढाउ बेटी बचाऔं ।

ठेगाना

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

सम्पर्क नं. ०४६–५३०५०१/९८६१०३४२८३

Overview

Category Development Project, NGO/INGO/Social work
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 12 May, 2026
Apply Before 18 May, 2026
City Sarlahi