कर्मचारी आवश्यकता सम्बन्धी सुचना

Social Development & Research Centre (SDRC)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सुचना

प्रथम पटक प्रकाशित 

मिति: २०८३/०७/१२

सामाजिक बिकास र अनुसन्धान केन्द्र (SDRC) प्रदेश र केन्द्र स्तरमा एउटा अग्रिनी गैर सरकारी र गैर नाफामुलक संस्था हो जुन नेपालको १० वटा जिल्लामा बिभिन्न दातृ निकायहरु को सहकार्य र सहयोगमा बिभिन्न परियोजना मार्फत आफ्रना कार्यक्रम स्थापना काल देखि नै बिगत ३१ बर्ष देखि अनवरत रुपमा संचालन गर्दै आईरहेको छ ।

सामाजिक बिकास र अनुसन्धान केन्द्र (SDRC) लाई धनुषा जिल्लामा परियोजना संचालनको लागि तपसिलका पदहरुमा कर्मचारी आवश्यक भएको एवम आगामी परियोजनाको लागि रोष्टर समेतको लागि न्यूनतम योग्यता पुगेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७  दिनभित्र (२०८३।०७।१८ गते साँझ ५:०० बजेसम्म) आफ्नो व्यक्तिगत विवरण (Biodata/CV) सहितको निवेदन (Cover letter) संस्थाको तोकिएको ठेगाना वा ईमेल मार्फत पेश गर्न आह्वान गरिन्छ। 

1. Admin and Finance Officer (AFO)-1

योग्यता र अनुभव

  • लेखा, वित्त, व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
  • वित्त तथा प्रशासनसम्बन्धी कार्यमा कम्तीमा ३ वर्षको सान्दर्भिक कार्य अनुभव भएको हुनुपर्ने। दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।

2. Technical Officer-1

योग्यता र अनुभव

  • सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह (Bachelor s Degree in Civil Engineering) उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा करिब १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने। वा  सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा (सब–इन्जिनियर) उत्तीर्ण गरी कुनै पनि विषयमा स्नातक तह पूरा गरेको तथा सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने।

3. Program Officer-1 (for Roster)

योग्यता र अनुभव

  • मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षा, सामाजिक विज्ञान, जनस्वास्थ्य, समाजशास्त्र, सामाजिक कार्य वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
  • परियोजना कार्यान्वयन, सामुदायिक विकास, शिक्षा, बाल संरक्षण वा सम्बन्धित विकास कार्यक्रमहरूमा कम्तीमा २–३ वर्षको सान्दर्भिक व्यावसायिक कार्य अनुभव भएको हुनुपर्ने।

4. Procurement Assistant (PA)-1 (For Roster)

योग्यता र अनुभव

  • व्यवस्थापन विषयमा  प्रमाणपत्र तह (+२) उत्तीर्ण गरेको वा व्यवसाय प्रशासन, व्यवस्थापन, वित्त, लेखा, खरिद व्यवस्थापन, वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने। स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
  • खरिद प्रक्रिया, लजिस्टिक्स व्यवस्थापन, जिन्सी तथा भण्डार व्यवस्थापन वा प्रशासनसम्बन्धी कार्यमा कम्तीमा २ वर्षको सान्दर्भिक व्यावसायिक कार्य अनुभव भएको हुनुपर्ने। गैरसरकारी संस्था (NGO), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) वा दातृ निकायको सहयोगमा सञ्चालित विकास परियोजनाहरूमा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।

JD Link

1. Admin and Finance Officer (AFO)

2. Technical Officer

3. Program Officer (for Roster)

4. Procurement Assistant (PA) (For Roster)

नोट: आवेदनमा पदको नाम स्पष्ट उल्लेख भएको हुनु पर्ने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षा प्रक्रियामा समावेश गराइने छ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत स्थानीयहरुलाई उच्च प्राथमिकता दिईनेछ । कर्मचारीको पारिश्रमिक र अन्य सुविधाको हकमा संस्थाले तोकेको अनुसार हुनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको अनावश्यक दबाव आएको ठहर भएको खण्डमा उक्त उम्मेदवारको निवेदन स्वतस्अमान्य ठहरिने छ । कार्यरत रहेको भए सो सरोकारवाला सहमती पत्र ।

दरखास्त दिने अन्तिम मिति: २०८३/०७/१८ गते (4th Novemeber 2026) साँझ ५:०० बजे सम्म ।

आवेदनलाई कार्यलयमा स्वयम्म उपस्थित भएर अथवा इमेल मार्फत पनि पठाउन सकिने छ ।

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)

मिल्स एरिया-१ जनकपुरधाम उपमहानगरपालिका, धनुषा, नेपाल

फोन: ०४१-५९०३७६

इमेल: vacancysdrc22@gmail.com

Overview

Category Public Health, Engineering - Civil, Social Science, Development Project, Logistics / Procurement, Finance & Administration
Openings 4
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Oct, 2026
Apply Before 04 Nov, 2026
City Janakpur