कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts
Details / requirements:
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत
वीरेन्द्रनगर–८ सुर्खेत
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०४/१३ (जुलाई २९, २०२६)
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ ।
संस्थाले उद्यमसँग सम्बन्धित गतिविधिहरूमार्फत सिमान्तकृत तथा र लैङ्गिक हिंसा पीडित महिलाहरुको आर्थिक सशक्तिकरणका साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले अक्सफाम नेपालसँगको साझेदारीमा दैलेख र सुर्खेतमा Women Economic Empowerment (WEE) परियोजना कार्यान्वयनमा ल्याएको छ । संस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर–८ सुर्खेत तथा कार्यक्रम सञ्चालन हुने स्थानीय तहहरुमा रहि तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा २०८३ साउन १९ गते (४ अगस्ट २०२६) सम्ममा रितपूर्वकको निवेदन एवं वायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
तपसिल
| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
उद्यम विकास परियोजना अधिकृत (Enterprise Development Project Officer) | १ (एक) | कृषि, व्यवसाय अध्ययन, व्यवस्थापन, अर्थशास्त्र, ग्रामीण विकास, उद्यमशीलता वा सम्बन्धित विषयमा स्नातक तह उर्तिण । |
Link: Detailed Job Description |
| वित्त अधिकृत (Finance Officer) | १ (एक) | वित्त, लेखा, व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उर्तिण । |
Link: Detailed Job Description |
| अनुगमन, मूल्याङ्कन, जवाफदेहिता, र सिकाइ तथा अभिलेखीकरण अधिकृत (MEAL and Documentation Officer) | १ (एक) | तथ्याङ्क, विकास अध्ययन, अर्थशास्त्र, ग्रामीण विकास, सामाजिक कार्य, व्यवस्थापन, पत्रकारिता, आमसञ्चार वा सम्बन्धित विषयमा स्नातक तह । |
Link: Detailed Job Description |
| फिल्ड उद्यम सहजकर्ता (Field Enterprise Facilitator) | ३ (तीन) | +२ वा कृषि, EDF तह ३, व्यवसाय अध्ययन, ग्रामीण विकास, उद्यमशीलता, सामाजिक कार्य, व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक डिग्री । |
Link: Detailed Job Description |
- महिला, दलित, सिमान्तकृत, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्राथमिकता दिइनेछ ।
- निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, पद तथा अधिकारको दुरुपयोग र भेदभावविरुद्ध शून्य सहनशीलताप्रति प्रतिवद्ध भएको हुनुपर्नेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि (सबै कागजातहरु पीडिएफमा फम्र्याटमा हुनुपर्नेछ ।)
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना Vacancy@wam.org.np मार्फत दरखास्त, इमेलको Subject : Application for [Position Name]–[Your Full Name] पेश गर्न सकिनेछ ।
- भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना : वामको केन्द्रिय कार्यालय, वीरेन्द्रनगर नगरपालिका–८, आवास क्षेत्र, सुर्खेत ।
- दरखास्त बुझाउने अन्तिम मितिः २०८३ साउन १९ गते (अगस्ट ४ २०२६) ।
- छनौट विधी : छोटो सूचि प्रकाशन, लिखित र मौखिक
नोटः म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन ।
थप जानकारीका लागि फोन : ०८३५२२४३७, इमेल :info@wam.org.np, wam.skt@gmail.com
पदपूर्ति समिति
वाम सुर्खेत
Overview
| Category | Agriculture, Development Project, Finance & Administration, Economics, Business Administration, NGO/INGO/Social work, Communications/Journalism |
| Openings | few |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 29 Jul, 2026 |
| Apply Before | 04 Aug, 2026 |
| City | Surkhet |