समुदाय परिचालक (Community Mobilizer)
SPARSHA Nepal is a community-led, not-for-profit, and non-governmental organization that primarily works with People Living with HIV (PLHIV) and key populations at high risk of HIV transmission for HIV prevention, diagnosis, quality treatment, support, and care as well as for other infections such as Tuberculosis, Hepatitis C, and Sexually Transmitted Infections. The organization also works on reducing stigma and discrimination as well as for evidence-based advocacy.
Details / requirements:
कर्मचारी आवश्यकता सूचना
सञ्जीवनी टीबी कार्यक्रम
पद: समुदाय परिचालक (Community Mobilizer)
आवश्यक संख्या: २ जना
कार्यस्थल: रौतहट जिल्ला
आवेदन अवधि: १२ असोजदेखि १८ असोज २०८३ सम्म
SPARSHA Nepal ले सञ्जीवनी टीबी कार्यक्रम अन्तर्गत समुदाय परिचालक पदका लागि योग्य, जिम्मेवार तथा उत्प्रेरित उम्मेदवारहरूबाट आवेदन आह्वान गर्दछ।
समुदाय परिचालकले समुदाय, स्वास्थ्य संस्था, स्थानीय तह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV), समुदाय समूह तथा अन्य सरोकारवालासँग समन्वय गर्दै समुदायमा आधारित क्षयरोग रोकथाम, सम्भावित बिरामी पहिचान, रेफरल, उपचार सहयोग, जनचेतना अभिवृद्धि तथा क्षयरोगसँग सम्बन्धित लाञ्छना/भेदभाव न्यूनीकरणका गतिविधिमा सहयोग गर्नेछ।
मुख्य जिम्मेवारीहरू
- समुदाय परिचालन गरी क्षयरोग रोकथाम, स्क्रिनिङ, रेफरल, उपचार सहयोग तथा जनचेतनासम्बन्धी गतिविधि सञ्चालन तथा सहजीकरण गर्ने।
- समुदाय अभिमुखीकरण, जनचेतनामूलक सत्र, समुदाय संवाद, घरधुरी भेटघाट तथा अन्य फिल्ड गतिविधि सञ्चालन तथा सहयोग गर्ने।
- स्वास्थ्य संस्था, FCHV, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, स्थानीय तह, समुदाय समूह, युवा समूह तथा अन्य स्थानीय सरोकारवालासँग समन्वय गर्ने।
- क्षयरोगका सम्भावित लक्षण भएका व्यक्तिहरूको पहिचान गरी परियोजना तथा स्वास्थ्य संस्था टोलीसँग समन्वयमा जाँच, रेफरल र फलोअप सुनिश्चित गर्न सहयोग गर्ने।
- सम्पर्क खोजपड्ताल, समुदाय स्क्रिनिङ, केस फाइन्डिङ तथा उपचार पालना सम्बन्धी गतिविधिमा सहयोग गर्ने।
- व्यक्ति, परिवार तथा समुदायलाई क्षयरोगको रोकथाम, निदान, उपचार तथा उपलब्ध सेवाबारे आवश्यक जानकारी र परामर्श प्रदान गर्ने।
- TB Survivor तथा क्षयरोगबाट प्रभावित समुदायको परियोजना गतिविधिमा सहभागिता र परिचालनमा सहयोग गर्ने।
- फिल्ड गतिविधि, लाभग्राहीसँगको सम्पर्क, रेफरल, फलोअप तथा समुदाय परिचालनसम्बन्धी अभिलेख व्यवस्थित रूपमा राख्ने।
- आवश्यक फिल्ड सूचना तथा प्रतिवेदन समयमै परियोजना टोलीमा पेश गर्ने।
- तोकिएको ढाँचा तथा आवश्यकताअनुसार डिजिटल उपकरण प्रयोग गरी अनुगमन, अभिलेखीकरण तथा तथ्यांक संकलनमा सहयोग गर्ने।
- परियोजनाका बैठक, अभिमुखीकरण, तालिम, समीक्षा तथा समन्वय कार्यक्रममा सहभागी हुने।
- परियोजना टोलीले तोकेको समुदाय परिचालन तथा टीबी कार्यक्रमसँग सम्बन्धित अन्य जिम्मेवारीहरू निर्वाह गर्ने।
न्यूनतम योग्यता तथा आवश्यकताहरू
- मान्यता प्राप्त संस्थाबाट CMA, CMLT, ANM वा स्वास्थ्यसम्बन्धी अन्य सान्दर्भिक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने।
- लागू हुने अवस्थामा सम्बन्धित पेशागत परिषद्/काउन्सिलमा दर्ता भएको हुनुपर्ने।
- क्षयरोग, जनस्वास्थ्य वा समुदाय स्वास्थ्यसम्बन्धी कार्यक्रममा कम्तीमा १ वर्षको सान्दर्भिक कार्यअनुभव भएकालाई प्राथमिकता दिइनेछ।
- समुदाय परिचालक वा समुदायमा आधारित स्वास्थ्य/विकास कार्यक्रममा काम गरेको अनुभव थप योग्यताका रूपमा मानिनेछ।
- कार्यक्षेत्रको स्थानीय समुदाय, संस्कृति, भाषा तथा सामाजिक परिवेशबारे राम्रो बुझाइ भएको हुनुपर्ने।
- प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत सम्बन्ध, सहजीकरण तथा समुदाय परिचालन सीप भएको हुनुपर्ने।
- समुदाय बैठक, अभिमुखीकरण, जनचेतनामूलक कार्यक्रम तथा फिल्ड गतिविधि सञ्चालन गर्न सक्ने हुनुपर्ने।
- आधारभूत कम्प्युटर ज्ञान तथा रिपोर्टिङ र सञ्चारका लागि सामान्य डिजिटल/मोबाइल एप्लिकेसन प्रयोग गर्न सक्ने हुनुपर्ने।
- तोकिएको कार्यक्षेत्रभित्र नियमित रूपमा फिल्ड भ्रमण गर्न इच्छुक तथा सक्षम हुनुपर्ने।
- आफ्नै मोटरसाइकल/स्कुटर तथा वैध सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- स्वास्थ्यकर्मी, स्थानीय सरकार, समुदाय संरचना तथा संवेदनशील/वञ्चित समुदायसँग समन्वयात्मक रूपमा काम गर्न सक्ने हुनुपर्ने।
- आवश्यक योग्यता पुगेका TB Survivor उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहन गरिन्छ।
प्राथमिकता तथा समावेशिता
महिला उम्मेदवार तथा परियोजना कार्यक्षेत्रकै स्थानीय समुदायका योग्य उम्मेदवारहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहन गरिन्छ। स्थानीय परिवेशको राम्रो ज्ञान भएका र समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा समन्वय गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी, सीमान्तकृत तथा वञ्चित समुदायका योग्य उम्मेदवारहरू र आवश्यक योग्यता पुगेका TB Survivor लाई पनि आवेदन दिन प्रोत्साहन गरिन्छ।
आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारहरूले निम्न कागजात पेश गर्नुपर्नेछ:
- अद्यावधिक CV
- Cover Letter
आवेदन १२ असोज देखि १८ असोज २०८३ सम्म निम्न इमेल ठेगानामा पठाउनुपर्नेछ:
Email: vacancy.sparsha@gmail.com
इमेलको Subject मा अनिवार्य रूपमा:
“Community Mobilizer – SANJEEVNI TB Program, Rautahat”
उल्लेख गर्नुपर्नेछ।
केवल प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।
कर्मचारी आवश्यकता वा छनोट प्रक्रियासम्बन्धी कुनै पनि फोन कल स्वीकार गरिने छैन।
SPARSHA Nepal ले कुनै कारण उल्लेख नगरी कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।
Overview
| Category | Development Project, NGO/INGO/Social work |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 28 Sep, 2026 |
| Apply Before | 04 Oct, 2026 |
| City | Rautahat |