कर्मचारी आवश्यकता सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८२ मंसिर १२ गते

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ ।

महासंघले जलवायुमैत्री कृषि अभ्यासका साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत् लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने एवं पोषणसंग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुंच साथै जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केएर नेपालसंगको सहकार्यमा सिरहा र सप्तरी जिल्लामा स्थानीय सरकारहरूसंगको सहकार्यमा गतिविधिहरू सञ्चालनमा रहेका छन् । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय लहान, सिरहामा रही लेखा तथा प्रशासन अधिकृत एवं लक्ष्मीपुर पतारी गाउँपालिका, सिरहामा रही कृषि तथा बजारीकरण सहजकर्ता पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा १८ मङ्सिर २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ । 

निवेदन पेश गर्दा अपेक्षित तलव समेत उल्लेख गर्नुपर्ने छ ।

पद
पद  संख्या
शैक्षिक योग्यता
आवश्यक अनुभव

लेखा तथा प्रशासन अधिकृत

(Finance and Admin officer)

१ (एक)
ब्यवस्थापन विषयमा स्नातक वा सो सरह उतीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि लेखा ब्यवस्थापन एवं प्रसासनमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • लेखाको सिद्धान्त, विद्यमान आयकर तथा अन्य करबारे ज्ञान भएको ।
  • प्रभावकारी वित्तिय ब्यवस्थापन क्षमता एवं गुणस्तरीय आर्थिक प्रशासकीय ब्यवस्थापनको ज्ञान भएको।
  • वित्तिय अनुगमन मुल्यांकन र कर्मचारी तथा पदाधिकारीहरूको वित्तिय दस्तावेजिकरण क्षमता विकासमा योगदान गर्न सक्ने खरिद प्रकृया, कर ब्यवस्था, लेखा प्रणाली सम्बन्धि अनुभव भएको ।
  • दस्तावेजिकरण एवं प्रशासनिक गतिविधिहरू बारे ज्ञान भएको ।
  • दाहोरो लेखा प्रणालीको व्यवहारिक ज्ञानभएको । 
  • नेपाल सरकारको करप्रणाली तथा अन्य नीतिगत व्यवस्था र अभ्यासबारे ज्ञान भएको । 
  • FAMAS software को प्रयोग र FAMAS मार्फत रिर्पोट तयार गर्ने, विश्लेषण गर्ने ज्ञान र अभ्यास भएको ।
कृषि तथा बजारीकरण  सहजकर्ता (Agriculture and Marketing Facilitator)
१ (एक)
कृषि विषयमा प्रमाण पत्र तह,   वा  जे.टि. /जे.टी.ए. उत्तिर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • सरोकारवालाहरू बिच प्रभावकारी संचार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू (प्रविधि) प्रयोग गरि सहजीकरण गर्न सक्ने सीप भएको ।
  • कृषक समुह मार्फत सिमान्तकृत समुदायमा  परिचालनको  ज्ञान र अनुभव भएको ।
  • साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, ब्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगसंग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको । 
  • स्थानीय उत्पादनमा सहजीकरण, विविधिकृत उत्पादन एवं उत्पादनको बजारीकरणको बारे सहजीकरण सीप भएको ।
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे बुझाई भएको । 
  • कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभब भएको । 
  • स्वास्थ्य संस्था तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन तथा व्यवस्थापन गरेको अनुभव भएको । 
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि ।

दरखास्त बुझाउने ईमेल ठेगानाः vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०८२ मंसिर १८ गते ।

छनौट विधीः लिखित र मौखिक  । 

पदपूर्ति समिति

Overview

Category Agriculture, Administrative / Management
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Nov, 2025
Apply Before 04 Dec, 2025
City Kathmandu