कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२।०६।१०)
विज्ञापन नं ०४ । २०८२।२०८३
सुन्दर नेपाल संस्था (BNA) सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित सामाजिक गैह्रसरकारी संस्था हो। सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै जनस्तरमा सहभागितात्मक विकासमूलक कार्यक्रमबाट समाजमा महिला, गरीव, विपन्न, दलित, तथा पछाडी पारिएका समुदायका समूह तथा व्यक्तिहरूलाई संस्थाको लक्षित समुदाय बनाइ जीवनस्तर माथि उठाउनका लागि विधिवत रुपमा २०५३ साल माघ ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई ग्रामीण समुदायमा वैकल्पिक ऊर्जा, कृषि, सिचाईं, शिक्षा, स्वास्थ्य, चेतनाविकास, खानेपानी, मानव अधिकार, महिला, बाल–बालिका, पछाडी पारिएका वर्गका समुदायमा कार्यरत रहेको छ ।
यसै सन्दर्भमा एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम हेल्भेटास नेपालसंगको साझेदारी र सुन्दर नेपाल संस्थाको प्राबिधिक तथा सामाजिक सहजीकरणमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाँउपालिका, चिङगाड गाँउपालिका र सल्यान जिल्लाको कालिमाटी गाँउपालिकामा संचालन हुन गईरहेको कार्यक्रमको लागि तपशिलमा उल्लेखित कर्मचारीहरू आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
१) पद: सुचारुपना तथा मर्मतसंभार संयोजक (Functionality and Maintenance Coordinator)
कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्या: १ जना
कार्यस्थल: लेकवेशी नगरपालिका/सिम्ता गाउपालिकाको कार्यालय, सुर्खेत (नियमित रुपमा फिल्ड जानुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- मान्यता प्राप्त संस्थाबाट इन्जिनियरिङ वा सूचना प्रविधि विषयमा डिप्लोमा गरी खानेपानी तथा सरसफाइ (WASH) क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको वा मानविकी/व्यवस्थापन/शिक्षा/विज्ञान संकाय वा सो सरहको विषयमा इन्टरमिडियट वा +२ पास गरी (WASH) क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्नेछ।
- सफ्टवेयरमा दखल भएको, Excel, word, PowerPoint र IT सम्बन्धी ज्ञान भएको, तथ्यांक विश्लेषण र HR व्यवस्थापनमा सीप र ज्ञान भएको।
- समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको।
- स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने।
- तथ्याङ्क विश्लेषण उपकरण र रिपोर्टिङ संग परिचित।
२ ) पदः प्राविधिक सहजकर्ता (Technical Facilitator )
कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्याः ५ जना
कार्यस्थलः कार्यक्रमको कार्यक्षेत्र रहेका ५ वटा स्थानीय तहमध्ये कुनै १ स्थानीय तह (फिल्डवेश)
आवश्यक शैक्षिक योग्यता तथा अनुभव
- मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इञ्जिनियरिङ विषयमा प्रि–डिप्लोमा (सब-ओभरसियर) उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव सहित जम्मा तीन वर्षको कार्यअनुभव भएको,
- सबै उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने।
- खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट तथा निर्माण कार्यको कार्य प्रगति को (MB)तयार गर्न वा सोका लागि फिल्ड संयोजक (प्राविधिक) लाई आवश्यक सहयोग गर्न सक्ने।
- समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्ने र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
३) पद: सुचारुपना तथा मर्मतसंभार प्राविधिक (Functionality and Maintenance Technician)
कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्या: २ जना
कार्यस्थल: लेकबेशी वा सिम्ता गाउपालिका मध्ये कुनै १ स्थानीय तह (फिल्डवेश)
आवश्यक शैक्षिक योग्यता तथा अनुभव
- मान्यता प्राप्त संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रि-डिप्लोमा वा सब-ओभरसियर सहित खानेपानी आपूर्ति, प्लम्बिड क्षेत्रमा एक वर्षको अनुभवको, वा प्लम्बिड ट्रेड लेभल -२ सहित खानेपानी आपूर्ति, प्लम्बिड क्षेत्रमा दुई वर्षको अनुभवको।
- सबै उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने।
- खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन,लागत इस्टिमेट तथा निर्माण कार्यको कार्य प्रगति को (MB) र बिल तयार गर्न सक्ने।
- दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र।
- खानेपानी पूर्वाधार प्रणालीहरूको संचालन र मर्मतमा अनुभव।
- मेकानिकल, बिजुली, र प्लम्बिङ प्रणालीहरूको आधारभूत बुझाइ।
- संचालन र मर्मतका लागि उपकरण र उपकरणहरू प्रयोग गर्ने क्षमता।
४) पदः सामाजिक सहजकर्ता (Community Facilitator )
कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्याः ३ जना
कार्यस्थलः कार्यक्रमको कार्यक्षेत्र रहेका ५ वटा स्थानीय तहमध्ये कुनै १ स्थानीय तह (फिल्डवेश)
आवश्यक शैक्षिक योग्यता तथा अनुभव
- सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तीर्ण गरी ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव हुनु पर्नेछ सो मध्ये कम्तीमा २ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ।
- समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
- अन्यसीपहरूमा तनाव व्यवस्थापन, समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा ग्रामिण क्षेत्रमा काम गर्न रुचि भएको।
- स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने।
- आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान भएको।
नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np. मा notice हेर्न सकिन्छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्र
४. शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र (experience letter)
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)
छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: २४ अश्विन, २०८२ (१० अक्टोबर, २०२५) बेलुका ०३:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
For job descriptions Click Here
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०
वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
Category | Engineering - Civil, Development Project, NGO/INGO/Social work |
Openings | Few |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 26 Sep, 2025 |
Apply Before | 10 Oct, 2025 |
City | Surkhet |