फिल्टर खरिद सम्बन्धी सार्वजनिक कोटेशन आह्वानको सूचना
Details / requirements:
सेभ द सप्तरी
राजबिराज नगरपालिका वडा नं. ६, सिरहा रोड, सप्तरी, नेपाल
फिल्टर खरिद सम्बन्धी सार्वजनिक कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः बैशाख २९, २०८३ (१२ मई २०२६)
सेभ द सप्तरी र Habitat for Humanity Nepal को साझेदारीमा सञ्चालन भइरहेको Integrated WASH Management Support for Vulnerable Communities in Chhinmasta, Saptari District, Nepal परियोजना अन्तर्गत छिन्नमस्ता गाँउपालिका भित्रका अतिविपन्न भूमिहिन तथा सुकुमवासी परिवारहरूका लागि सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले पानी शुद्धिकरण प्रयोजनका लागि बायोस्याण्ड फिल्टर खरिद गर्नुपर्ने भएकोले नियमानुसार दर्ता भएका फर्म कम्पनी, सप्लायर्सहरूलाई उक्त परियोजनाको लागि दरभाउ प्रस्ताव पेश गर्न यो ७ (सात) दिने सार्वजनिक कोटेशन को सूचना प्रकाशित गरिएको छ । इच्छुक फर्म/कम्पनी/सप्लायर्सले कार्यालय समयभित्र (सार्वजनिक विदाको दिनबाहेक विहान १० देखि ४ बजेसम्म) आई दरभाउको लागि चाहिने कागजात तथा विवरण लिन सकिनेछ । यस सम्बन्धी थप जानकारी आवश्यक भए सेभ द सप्तरी को केन्द्रीय कार्यलय सिरहा रोड, राजबिराज वडा नं. ६ जि.स.स को उत्तर ढोका नजीक, (०३१-५३०९४२/९८०१५५६६७६) र छिन्नमस्ता ३,सखडा कार्यालय मा सम्पर्क गर्न सकिनेछ ।
१. दरभाउ पेश गर्नुपर्ने:- प्रथम पटक प्रकाशन भएको मितिले सातौं दिनको वेलुका ४ बजेसम्म उक्तदिन कार्यालय विदाभए भोली पल्ट सोहि समय भित्र दरभाउ पेश गनु‘पर्ने छ ।
२. दरभाउ पेश गर्ने स्थान:- सेभ द सप्तरी, केन्द्रिय कार्यालय सिरहा रोड, राजबिराज वडा नं. ६, जि.स.स को उत्तर ढोका नजिक र छिन्नमस्ता ३,सखडाको कार्यालय
३. खरिद गरिने सामानको गुणस्तर दरभाउ को निर्णय, आशिंक वा पुरा परिमाण खरिद गर्ने आदि सम्पूर्ण निर्णयको अधिकार सेभ द सप्तरीसँग रहने छ र सो निर्णय दरभाउ पेश गर्ने सबैलाई मान्य हुनुपर्ने छ साथै निम्न कागजातहरू Quotation सँगै पेश गर्नुपर्नेछ – पान दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रमाण पत्र, र कम्पनी/व्यावसाय दर्ता प्रमाणपत्रहरूको प्रतिलिपी ।
४. समयमा तथा नियमानुसार पर्न नआएका संलग्न गर्नुपर्ने कागजात नबुझाएका तथा खामबन्दी (Sealed Quotation) नगरी बुझाएका दरभाउ माथि कुनै कारवाही हुने छैन ।
RFQ को लागि तलको लिङ्क मा जानुहोस्:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 13 May, 2026 |
| Apply Before | 18 May, 2026 |
| City | Saptari |