Expression of Interest
Details / requirements:
Detailed Project Description (परियोजना विवरण)
जन चेतना अभियान नेपाल (JCAN), सप्तरी र DanChurchAid (DCA) को साझेदारीमा, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र रौतहट जिल्लाको राजदेवी नगरपालिकासँगको सहकार्यमा बाढीबाट प्रभावित साना तथा सिमान्तकृत किसान परिवारहरूको जिविकोपार्जन पुनर्स्थापना परियोजना सञ्चालन भइरहेको छ।
1. Background (पृष्ठभूमि)
Heavy monsoon rainfall from October 3–5, 2025, caused severe flooding across Madhesh Province, affecting the districts of Rautahat, Sarlahi, Mahottari, Parsa, and Saptari. The floods inundated settlements, displaced thousands of households, and damaged homes, crops, and water systems, leaving communities vulnerable to food insecurity, waterborne diseases, and loss of livelihoods.Smallholders and marginalized farmers in these districts lost near-harvest paddy crops due to the flooding, which further compounded the earlier drought shock in July 2025 that had already disrupted paddy transplantation. This double shock has severely affected household food security and livelihoods.The early recovery project will support 2,000 flood-affected smallholder farmers by providing agricultural inputs through a digital voucher system, facilitated via a local agri-vet supplier.
२०२५ अक्टोबर ३ देखि ५ सम्म परेको अविरल मनसुन वर्षाले मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, पर्सा र सप्तरी जिल्लाहरूमा भीषण बाढी आएको थियो। यस बाढीले बस्तीहरू डुबानमा परे, हजारौँ परिवार विस्थापित भए, तथा घर, खेतबारी, बाली र खानेपानी संरचनामा ठूलो क्षति पुर्यायो। यसको परिणामस्वरूप समुदायहरू खाद्य असुरक्षा, पानीजन्य रोगहरू, र जिविकोपार्जन गुमाउने उच्च जोखिममा परेका छन्।
साना तथा सिमान्तकृत किसानहरूले भर्खरै काट्ने अवस्थामा पुगेका धानबाली बाढीले नष्ट गरे, जसले २०२५ को जुलाई महिनामा परेका खडेरीका कारण अघिबाटै अवरुद्ध भएको रोपाइँ प्रक्रियालाई झनै गम्भीर बनायो। यो दोहोरो झटका (बाढी र खडेरी) ले प्रभावित परिवारहरूको खाद्य सुरक्षा र जिविकोपार्जनलाई अत्यन्त कमजोर बनाएको छ। यस्तो परिस्थितिमा प्रभावित किसानहरूको जिविकोपार्जन पुनर्स्थापनाका लागि तत्काल, प्रभावकारी र दिगो पुनर्प्राप्ति परियोजनाको आवश्यकता देखिएको छ।
यस प्रारम्भिक पुनर्प्राप्ति परियोजनामार्फत २,००० बाढी–पीडित साना किसानहरूलाई स्थानीय एग्रो–भेट सप्लायरको माध्यमबाट डिजिटल भाउचर प्रणाली प्रयोग गरी कृषि सामग्री (इनपुट) प्रदान गरेर समर्थन गरिनेछ।
Click Here for detailed project description
इच्छुक तथा योग्य अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धीत फर्मको लेटर प्यडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना procurementdepartment.jcanepal@gmail.com मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
नोट–माथिका सिफारीस गरिएको कृषि-वस्तुहरूको स्थानीय उपयुक्त जात हुन आवश्यक छ।
पेश गरिएका बोलपत्रहरू मिति २०८२ साल मंसिर १० गते १ बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
फाराम बुझाउने अन्तिम मिति २०८२/०८/१४ गते दिउँसो ४:०० बजेसम्म हुनेछ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
जन चेतना अभियान नेपाल, सप्तरी
हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ७, सप्तरी
फोन न.: ०३१-५९००४८
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Nov, 2025 |
| Apply Before | 30 Nov, 2025 |
| City | Saptari |