छात्रवृत्तिका लागि आवेदन सम्बन्धि

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

Details / requirements:

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

केन्द्रीय कार्यालय, किमडोल, छाउनी, काठमाण्डौ

प्रताप राम लोहार स्मृति छात्रवृत्ति कार्यक्रम

Pratap Ram Lohar Memorial Scholarship Programme (PRLMSP)

छात्रवृत्तिका लागि आवेदन सम्बन्धि

सूचना ! सूचना ! सूचना !

(पुन प्रकाशित मितिः २०८२/०८/०८)

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले संस्थापक अध्यक्ष स्व. प्रताप राम लोहार को स्मृतिमा प्रताप राम लोहार स्मृति छात्रवृति कार्यक्रम २०७५ साल देखि शुरूवात गरिएको हो । यस छात्रवृत्ति कार्यक्रमले स्व. प्रताप राम लोहारले दलित समुदायको शिक्षा र समानताको पक्षमा आजीवन पुर्याउनु भएको योगदानका बारेमा दलित समुदायका नयाँ पुस्तालाई जानकारी गराई उनीहरूलाई उञ्च शिक्षा हाँसिल गर्न सहयोग गर्ने र अति विपन्न दलित विद्यार्थीकालागि प्राविधिक तथा उच्च शिक्षामा पहुँच वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ । यस कार्यक्रम अन्तर्गत तपशीलको तालिकामा उल्लेख भए अनुसार ८ जना अति विपन्न दलित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि विद्यार्थी छनौटका ६ वटा प्राथमिकता सुचकहरू (अनाथ, अपाङ्गताभएका, शैक्षिक सुचक कम भएका दलित जाती, दुर्गम, जेहेन्दार र  विपन्नता वा द्धन्द्धबाट विस्थापित परिवार) आधारमा गरिनेछ । छात्रवृत्तिको राशी स्नातक तह, स्नातकोत्तर तह र प्राविधिक शिक्षा तर्फका एक विद्यार्थीलाई एकपटकका लागि एकमुष्ट रू. १०,००० (अक्षरूपी दशहजार) हुनेछ  । 

तसर्थ, यस छात्रवृत्तिकालागि इच्छुक नेपाल भित्र बसोवास गरी नेपालमा नै अध्ययन गर्ने दलित समुदायका विद्यार्थीहरूबाट तोकिएको ढाँचामा आवेदन फाराम भरी आवश्यक कागजात संलग्न गरी मिति २०८२/०८/१९  गते भित्र संघको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नु हुन समितिको निर्णयानूसार यो सूचना प्रकाशित गरिएको छ ।

क) छात्रवृत्तिको किसिम र कोटा 

क्र.सं.
छात्रवृत्तिको तह
जम्मा छात्रवृत्तिकोटा
कैफियत

स्नातक तह
२ जना
छात्र १ + छात्रा १

स्नातकोत्तर तह
२ जना
छात्र १ + छात्रा १

प्राविधिक शिक्षा तर्फ (प्रमाण पत्र तह ३ बर्षे)
२ जना
छात्र १ + छात्रा १

एम.वि.वि.एस तर्फ
२ जना
छात्र १ + छात्रा १

जम्मा
८ जना (४ छात्र र ४ छात्रा)

ख) छात्रवृत्ति आवेदनका साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू: 

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि..............१ 

२) अघिल्लो शैक्षिक तह उत्तिर्ण गरेको चारित्रिक र लब्धांक प्रमाणपत्र को प्रतिलिपि.........१/१ 

३) सम्बन्धित वडा वा पालिकाबाट दलित, अनाथ, र बिपन्नता प्रमाणित गरिएको सक्कल सिफारिस पत्र ..........१

४) पासपोर्ट साइजको रंगिन फोटो २ प्रति ।

५) अध्ययन गरिरहेको शिक्षण संस्थाको सिफारिस पत्र सक्कल.............१ 

६) भर्ना भएको रसिदको प्रतिलिपी ..............................................१ 

७) बैंक खाता प्रष्ट खुलेको चेकवुक को फोटोकापी ..........................१

ग) छात्रवृत्ति आवेदन फारम पेश गर्ने ठेगानाः

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला शाखाहरू मार्फत केन्द्रीय कार्यालयमा वा सिधै केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सकिनेछ ।

Application Form for PRLMSP - 2025 (003)

त्रिलोक चन्द विश्वास वि.क.

राष्ट्रिय अध्यक्ष एवं संयोजक 

प्रतापराम लोहार स्मृति छात्रवृत्ति कार्यक्रम, छात्रवृत्ति छनौट समिति, केन्द्रीय कार्य समिति, काठमाण्डौ । 

केन्द्रीय कार्यालयको ठेगाना

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

केन्द्रीय कार्यालय, किमडोल, छाउनी, काठमाण्डौ

फोनः ०१ ५६७०५५० फ्याक्सः ०१ ५३७३४९७ Email: prlmsp@nndswo.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 24 Nov, 2025
Apply Before 05 Dec, 2025
City Kathmandu